असोज १५- अनुप पौडेल
                                       यसपालिको दसैँमा नेपाल राष्ट्र बैंकले ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको छ ।
दसैँ बिदा हुनुअघि सम्ममा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । उनका अनुसार नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नै नयाँ नोट साट्न थालेको हो । जसमध्यसबै क्षेत्रबाट गरेर १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना र ३९ अर्ब रुपैयाँ बराबरका पाँच सय र हजार दरका नोट साटिएको छ ।
                  बैंक तथा वित्तीय संस्थाहरूले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । तर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर