सादा पोसाकमा दशैं विशेष ट्राफिक प्रहरीको चेकिङ : बढी भाडा लिने ४२ जना पक्राउ

काठमाडाैं | असोज १३, २०७९,अनुप पौडेल,

चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने  ४२ जनालाई काठमाण्डौ उपत्यकाबाट बुधवार ट्राफिक प्रहरीले प्रहरीले पक्राउ गरेको छ ।

कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँबसपार्कबाट ८ जना,माछापोखरीबाट ६ जना र कलंकीबाट ८ जना गरी ४२ जना आज पक्राउ परेका

हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट बुधवार खटिएको प्रहरी टोलीले दिनभरी अनुगमन गर्दा चाडपर्वको समयमा यात्रुहरुलाई तोकिएको भन्दा बढी भाडा लिने, अनाबश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधीमा संलग्न रहेका उनीहरूलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग गंगबु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.