जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई चीन प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाएको छ ।
कोरोना भाइरस संक्रमणको नाममा चिनियाँ नागरिकमाथि ती देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको हो । पछिल्लो समय चीनमा कोरोना बढेपछि दक्षिण कोरिया, जापान, अमेरिकालगायतका देशले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका छन् ।
शुन्य कोभिड नीतिबाट पछि हटेसँगै चीनमा कोरोना सङक्रमण फैलिएको छ । चीनमा नयाँ सब–भेरिएन्ट बीएफ–७ तीव्र रूपमा फैलिएको र त्यसका कारण अस्पतालका सघन उपचार कक्ष भरिएका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बताउँदै आएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.