सरकारले गर्यो साढे चार वर्षमा चारसय बहत्तर गर्भवती र सुत्केरीको हवाई उद्धार

सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् साढे चार वर्षमा चारसय ७२ जना ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकोप्टोरमार्फत उद्धार गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५– ७६ देखि हालसम्म चारसय ७२ जनाको हवाई उद्धार गरिएको हो ।
आर्थिक वर्ष २०७५–७६ मा सुरु गरिएको कार्यक्रममा सो वर्ष २६ जनाको उद्धार गरिएकोमा आ.व.२०७६–७७ मा ८७ जना, २०७७–०७८ मा एकसय तीन जना, २०७८–७९ मा एकसय ६९ र चालु आर्थिक वर्षको पुस अन्तिम सातासम्म ८७ जनाको उद्धार गरिएको हो ।
समन्वय इकाइकी उपसचिव नीता शर्माका अनुसार उद्धार गरिएकोमा सबैभन्दा धेरै कर्णाली प्रदेशका पहाडी जिल्लाका गर्भवती तथा सुत्केरी छन् भने प्रदेश–१ मा ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका रहेका छन् ।
उक्त कार्यक्रमअन्तर्गत सरकारले १८ घण्टाभन्दा बढी प्रसव व्यथा भई बच्चा जन्मन कठिन भएको, शिशुको हातखुट्टा वा शरीर पहिला निस्किएर बच्चा निस्किन कठिन भएको, गर्भवतीको हातखुट्टा वा शरीर अत्याधिक सुन्निएकोलगायत ज्यान जोखिममा पर्न सक्ने अवस्थाका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्दै आएको छ । यो कार्यक्रम सातै प्रदेशका गरी ४८ वटा दुर्गम हिमाली तथा पहाडी जिल्लामा लागु गरिएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.