मलेसियामा बन्धक बनाइएका १९ जनामध्ये सात जना नेपाली हिजो स्वदेश फर्किएका छन् । नेपाल सरकारको पहलपछि उनीहरु हिजो नेपाल आइपुगेका हुन् । १२ जना नेपाली अझै अलपत्र परेका छन् ।
गोरखाका ठाकुर रेग्मी र कमलबाबु श्रेष्ठ, बैतडीका कैलाश लोहार, मकवानपुरका भुवन कोइराला र ईश्वर कोइराला तथा धादिङका बाबुलाल विक लगायतका नेपाल फर्किएका हुन् । अलपत्र परेका अन्य १२ जनालाई पनि नेपाल फर्काउने पहल भइरहेको जनाइएको छ । अलपत्र अवस्थामा रहेका १२ जनाको बसाइ कष्टकर रहेको बताइएको छ ।
रोजगारीको सिलसिलामा मलेसिया पुगेकाहरु ग्त पुस १७ गतेबाट केलाङ भन्ने सहरको एक भवनको तेस्रो तलामा बन्धक बनाइएको थियो । काठमाडौंस्थित सानेपाको खोजी रिक्वायर्मेन्ट मेनपावर कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरु कामका लागि पुगेका थिए । कम्पनीका सञ्चालकले एक कामदारलाई कुटपिट गरेपछि अन्य कामदारले विरोध जनाएसँगै उनीहरु कामबाट निकालिएका हुन् । अँध्यारो कोठाभित्र आठ दिन बिताएका युवाहरुले उद्धारका लागि सामाजिक सञ्जालमार्फत हारगुहार गरेका थिए ।
मलेसियामा बन्धक बनाइएका सात नेपालीको उद्धार