नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को आज बिहीबार काज सरुवा भएको छ ।
जसमा डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाउनुभएको छ । उहाँ प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत हुनुहन्थ्यो । त्यस्तै, मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा जानुभएको छ । त्यस्तै, कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा पुग्नुभएको छ भने कर्णाली प्रदेश प्रहरीको नेतृत्व भीमप्रसाद ढकाललाई दिइएको छ ।
डीआईजी दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मेवारी अशोक सिंहले पाउनुभएको छ । त्यस्तै, प्रहरी प्रवक्ता टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको जिम्मेवारी दिइएको छ भने गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाउनुभएको छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा रहनुभएका श्यामलाल ज्ञवालीले प्र्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व पाउनुभएको छ । विमानस्थलमा किरण राणालाई खटाइएको छ भने विशेष ब्यूरोमा सुदीप गिरीलाई सरुवा गरिएको छ ।