कालोसूचीमा परेका व्यक्तिले बैंकमा निक्षेप खाता पनि खोल्न नपाउने

बैंक तथा वित्तीय संस्थाबाट कालोसूचीमा परेका व्यक्तिले कुनै पनि बैंकमा निक्षेप खाता खोलेर बचत गर्न पनि नपाउने भएका छन् । हालै जारी एकीकृत निर्देशिका मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेप खाता खोल्नु अघि सम्बन्धित व्यक्ति कालोसूचीमा परे–नपरेको सम्बन्धमा कर्जा सूचना केन्द्रबाट सूचना लिनुपर्नेछ । सूचना केन्द्रबाट जानकारी लिँदा लागेको शुल्क ग्राहकबाट असुल्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
कर्जा सूचना केन्द्रको विवरण अनुसार इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व निक्षेपकर्ता कालोसूचीमा नरहेको एकीन गरेर मात्र खाता खोल्नु पर्नेछ । यसवापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन । यसअघिको एकीकृत निर्देशनमा कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न नपाउने व्यवस्था रहे पनि बैंकले त्यस्ता खाता खोल्नुअघि कर्जा सूचना केन्द्रबाट सूचना लिनुपर्ने अनिवार्य व्यवस्था थिएन । त्यस्तै कालो सूचीमा पर्नुअघि कायम रहेको खातामा रकम जम्मा गर्न बाहेक अन्य बैकिङ कारोबार गर्न नपाइने उल्लेख थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.