एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली त्रिकेटर बने रोहित

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली त्रिकेटर बन्नुभएको छ ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा ५५ रन बनाउँदै रोहितले एक हजार रन पूरा गर्नुभएको हो ।
३३ खेलमा एक हजार रन पूरा गर्दा रोहितले एक शतकसहित छ वटा अर्धशतक बनाउनुभएको छ । एकदिवसीयमा उहाँको व्यक्तिगत उच्च स्कोर एक सय २६ रन हो । एकदिवसीयमा उहाँको औसत ३५ भन्दा धेरै छ ।
एकदिवसीयमा रोहितपछि ज्ञानेन्द्र मल्लले २७ खेलमा २८ को औसतमा छ वटा अर्धशतकसहित सात सय ३४ रन बनाउनुभएको छ । त्यस्तै आसिफ शेखले २४ खेलमा २८ को औसतमा पाँच वटा अर्धशतकसहित छ सय ५५ रन बनाउनुभएको छ । अहिले नेपालले नामिबियाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याइरहेको छ । क्रिजमा रोहित र कुशल भुर्तेल हुुनुहुन्छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.