राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक, संघीय संसदका तीनसय ३१ र प्रदेशका पाँचसय ५० सांसदले मतदान गर्ने

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरले राष्ट्रपति चुनावका लागि आज मतदाता नामावली सार्वजनिक गरेको हो ।

राष्ट्रपतिको चुनावका लागि सार्वजनिक भएको नामावली अनुसार संघीय संसदका तीनसय ३१ सांसद र प्रदेश सभाका पाँचसय ५० सदस्यले मतदान गर्ने भएका छन् । संघीय संसदका तीनसय ३४ सांसदमध्ये चितवन–२ रिक्त रहेको छ । त्यस्तै निलम्बित सांसद टेकबहादुर गुरुङले भने मतदान गर्न नपाउने हुनुभएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीको नाम पनि राष्ट्रपति चुनावको मतदाता नामावलीमा समावेश गरिएको छैन । सरकारले गत शुक्रबार राष्ट्रपतिमार्फत सांसद चौधरीलाई आममाफी दिएको भएपनि आममाफीको आधिकारिक जानकारी आइनसकेकाले उहाँको नाम नराखिएको निर्वाचन आयोगले जनाएको छ ।
चौधरीले आफ्नो दाबी‚ विरोध प्रस्तुत गरेमा नाम समावेश गर्न सकिने बताइएको छ । आगजनी मुद्दामा २०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीले चौधरीलगायत अभियुक्तहरूलाई छ÷छ महिना कैद सजाय सुनाएको थियो । त्यस्तै फरार सूचीमा रहनुभएका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको नाम भने मतदाता नामावलीमा समावेश गरिएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.