चितवनको रत्ननगरमा कर संकलन अभियान सुरु

चितवनको रत्ननगर नगरपालिकामा उपमेयर यादव प्रसाद पाठकको नेतृत्वमा कर संकलन अभियान सुरु गरिएको छ । चालु आर्थिक बर्षमा पनि लक्ष्य अनुसार कर संकलन नहुने देखिएपछि घरलैदो अभियान सुरु गरिएको हो ।
नगरपालिकाले सुरु गरेको कर संकलन अभियानलाई रत्ननगर उद्योग बाणिज्य संघले समेत साथ दिएको छ । संघबाट बरिष्ठ उपाध्यक्ष शंकर गिरीको नेतृत्वमा टोली बजारमा खटिएको छ । व्यवसायीलाई करको दायरामा ल्याउन व्यवसाय दर्ता र नविकरणलाई प्राथमिकता दिइएको छ ।
घरदैलोकै क्रममा अनलाईन प्रणाली मार्फत कर तिर्न सक्ने सुविधा सहित जनप्रतिनिधि,कर्मचारी र संघका प्रतिनिधिहरु व्यवसायीको घरदैलोमा पुगेका छन् । अनलाईन प्रणाली मार्फत घरदैलोमै व्यवसाय दर्ता,नविकरण र कर तिर्न सक्ने सुविधा सहित घरदैलो सुरु गरिएको राजश्व शाखा प्रमुख धर्मराज अधिकारीले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा सो नगरपालिकाले ११ करोड ५० लाख संकलन गर्ने लक्ष्य राखेको छ ।
चालु आर्थिक बर्षको छ महिनामा संकलन भएको राजश्व रकमलाई हेर्दा यस बर्ष पनि लक्ष्य भेट्टाउन मुश्किल नै देखिएको छ । चालु आर्थिक बर्षमा सो नगरपालिकाले १७ शीर्षकमा पाँच करोड १९ लाख दुई हजार सात सय १४ रूपैयाँ राजश्व संकलन गरेको छ । कर संकलनको लक्ष्य भेट्टाउन मुश्किल देखिएपछि घरदैलो सुरु गरिएको बताइएको छ ।

नगरपालिकाले व्यवसायीलाई करको दायरामा ल्याउने सार्थक प्रयास गर्न नसकेको उपमेयर यादव प्रसाद पाठकले बताउनुभयो । राजश्व परामर्श समितिका संयोजक समेत रहनुभएका पमेयर पाठकले अहिले सम्म नगरपालिकाले सुरु गरेको कर संकलन अभियान कर्मकाण्डी मात्र भएको बताउँनुभयो ।
व्यवसाय दर्ता र नविकरणको लागि स्थानीय सरकारलाई सहयोग गरिएको संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले बताउनुभयो । वडा नं. १० अन्तर्गत बकुलहर बजारमा गरिएको घरदैलो कार्यक्रममा उपमेयर पाठक सहित वडाध्यक्ष कलाधर पौडेल,वडासदस्यहरु गोमा भण्डारी,सुदन भण्डारी,पूर्णिमा नेपाल, मिलन चौधरी, वडा सचिव सुरेन्द्र चौधरी,संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी लगायतको सहभागिता रहेको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.