चितवनमा चारजना युवाको संयुक्त लगानीमा अत्याधुनिक ड्राईभिङ्ग स्कुल सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ मा चितवन ड्राईभिङ्ग स्कुल सञ्चालनमा ल्याईएको हो ।
औपचारिक रुपमा स्कुल सञ्चालनमा आएसंँगै एकसाताको लागि ५० प्रतिशत छुट सुविधा उपलब्ध गरिएको सञ्चालक माधव प्रसाद अधिकारीले जानकारी दिनुभयो । चितवनमा कमजोर शारिरीक क्षमता भएका व्यक्तिलाई निःशुल्क सवारी चालक प्रशिक्षण दिन पनि शुरु गरिएको उहाँको भनाई छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कमजोर शारिरीक क्षमता भएका व्यक्तीहरुलाई निशुल्क सवारी चालक प्रशिक्षण दिन शुरु गरिएको अधिकारीले बताउनुभयो ।
यस भन्दा अघि पांँचजनाले निशुल्क सवारी चालक प्रशिक्षण लिईरहेको बताइएको छ । दक्ष सवारी चालक बनाउन र दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यसहित संस्थाले सवारी चालक प्रशिक्षण शुरु गरेको हो दक्ष अनुभव प्रशिक्षक द्धारा सवारी साधनको सैदान्तिक तथा व्यवहारिक ज्ञान संँगै परामर्श दिइने अर्का सञ्चालक विवेकजंग थापाले जानकारी दिनुभयो ।
नेपाल सरकारको सवारी चालक निर्देशिका २०७४ बमोजिम सबै मापदण्ड पुरा गरी चितवनमै पहिलोपटक आधिकारिक मान्यता प्राप्त गरी सञ्चालनमा ल्याईएको थापाको भनाई छ । चितवन तथा छिमेकी जिल्लालाई लक्षित गरीे दक्ष प्रशिक्षक द्धारा प्रशिक्षण दिई कुशल चालक उत्पादन गर्ने र सबै चालकहरुलाई सवारी अनुमति पत्रको पहुंँच पुर्याउने उद्धेश्यले सञ्चालनमा ल्याईएको हो ।
अत्याधुनिक पूर्वाधार सहित यो ड्राईभिङ्ग स्कुलमा यातायात विज्ञ माधव प्रसाद अधिकारी सहित काठमाडौं र स्थानीय युवा राजन क्षेत्री , विवेक जंग थापा र रामनारायण घिमिरेले करीब– करीब पाँच करोड लगानीमा सञ्चालनमा ल्याएका हुन् ।
अत्यधुनिक पूर्वाधार र सेवा सहित दुईविघा क्षेत्रफलमा फैलिएको यो स्कुलमा प्रशिक्षार्थीलाई लक्षित गरी हाल दश जना प्रशिक्षक द्धारा एकैपटक २० जना भन्दा बढी प्रशिक्षार्थीलाई प्रशिक्षण दिने क्षमता यस स्कुलको रहेको छ । हाल स्कुलमा मोटरसाइकल, स्कुटर, अटो र हलुका चारपांँग्रे सवारी साधन प्रशिक्षणको सुविधा रहेको छ ।
प्रशिक्षार्थीको माग र आवश्यकता अनुसार भविष्यमा अन्य सवारी साधनको लागि पनि प्रशिक्षण दिने तयारी संस्थाले गरेको छ ।
आगामी दिनमा ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक नियम तथा सचेतना जस्ता विषयलाई पनि सँगै लैजाने योजना रहेको अर्का सञ्चालक रामनारायण घिमिरेले बताउनुभयो । स्कुललाई देशकै नमुना ड्राइभिङ स्कुलमात्र नभै सवारी सुरक्षा सम्बन्धी अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाई छ । भविष्यमा अन्य जिल्लामा पनि शाखा विस्तार गरी दक्ष चालक उत्पादन गरी दुर्घटना न्यूनिकरण गर्दै सवारी आगवनमा सहज पुग्ने ध्येयका साथ अघि बढ्ने संस्थाको योजना रहेको छ ।
चितवनमा चारजना युवाको संयुक्त लगानीमा ड्राईभिङ्ग स्कुल सञ्चालनमा, कमजोर शारिरीक क्षमता भएकालाई निःशुल्क प्रशिक्षण, अन्यलाई ५० प्रतिशत छुट