राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।
आज सोमवार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । उहाँले बैठकले राष्ट्रपति चुनावका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्नेबारेमा कुनै निर्णय लिइ नसकेको स्पष्ट पार्नुभयो ।
सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गर्नुभएको बताउनुभयो । रास्वपाले गत माघ २२ गते नै सरकारबाट बाहिरिने तर समर्थन भने कायम राख्ने निर्णय गरेको थियो । गत पुष १० मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नभएको थियो । यो गठबन्धनमा रहेको जसपा, जनमत र नागरिक उन्मुक्तिसहित प्रचण्डले राष्ट्रपति चुनावमा कांग्रेसँग गठबन्धन गरेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिनका साथै समर्थन पनि फिर्ता लिएका छन् । तर, यस अघि नै सरकारबाट बाहिरिएको रास्वपाले समर्थन भने कायमै राखेको हो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.