पीएनजीले दियो नेपाललाई दुईसय चार रनको लक्ष्य

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पीएनजीले नेपाललाई दुईसय चार रनको लक्ष्य दिएको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय तीन रन बनायो । पीएनजीका कप्तान आसाद भाला र चाद सोपरले समान ३६ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झाले तीन र कुशल मल्लले दुई विकेट लिए । यस्तै सोमपाल कामी, करण केसी र प्रतिस जिसीले एक÷एक विकेट लिए । उक्त श्रृंखलामा नेपाल, घरेलु टिम यूएई र पीएनजी सहभागी छन् ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.