धनुषामा प्रहरीको भ्यानबाट हाम फालेर एक थुनुवा फरार

धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै थप एक थुनुवा फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेका एक थुनुवा प्रहरी भ्यानबाट हाम फालेर फरार भएका छन् । जबरजस्ती करणी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका–१३ किरतपुरका राजाबाबु मुखिया हिजो आइतवार बेलुकी ७ बजे फरार भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नकपुरमा रहेको जिल्ला अदातलमा उपस्थित गराई इलाका प्रहरी कार्यालय सबैला लैजाने क्रममा सहिदनगर नगरपालिका–३ को यदुकुहाबाट हिँडिरहेको भ्यानबाट हाम फालेर मुखिया फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
फरार मुखियाको खोजी भइरहेको जनाइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.