नेतृत्व चयनको विषयमा ने.बि. संघ चितवनमा विवाद

नेपाल विधार्थी संघ चितवनको विवाद पुन सतहमा देखिएको छ । नेपाल विधार्थी संघका तात्कालिन अध्यक्ष सुर्य ढकालले कांग्रेस सचिव पदमा उमेद्वारी दिए पश्चात रिक्त रहेको पदमा को अध्यक्ष हुने भन्ने विषयमा सहमति नजुट्दा विवाद देखिएको हो ।

तिन तहको निर्वाचन पश्चात पटक पटक जिल्ला सभापतिलाई जिल्ला अधिवेशन गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दा जिल्ला सभापतिले बिधार्थिहरुको भावनालाई खेलवाड गरि ने. बि .संघको मर्म बिपरित आफ्नो गोजीको व्यक्तिलाई जिल्ला अध्यक्ष बनाउन एकल सिफारिस गरेको भन्दै जिल्ला अध्यक्षका आकांक्षी ने.बि.संघ चितवनका नेताहरुले विरोध गरेका हुन् ।

कार्यवाहक जिल्ला अध्यक्ष राजन दाहाल बिधार्थी नेताहरु प्रकास भण्डारी, लक्ष्मी सापकोटा, दिनेश तामांग, अनिश पन्त, कृष्ण सापकोटा, अमृत मिश्र, सुमित पराजुली, रविन क्षेत्री र विकाश भुसाल द्वारा जारि गरिएको बिज्ञप्तिमा आफुहरुले नेताहरु माननीय डाक्टर सेखर कोइराला र डाक्टर प्रकाश शरण महत लगायतका केन्द्रिय नेताहरुलाई लिखित एवं मौखिक रुपमा जानकारी गराउदा समेत नेपाल बिधार्थी संघको विधि विधान मर्म एवम भावना विपरित कुनै अमुक ब्यक्तिक्लो नाममा ने.बि.संघ केन्द्रको हवाला दिदै जिल्ला अध्यक्षको रुपमा जिम्मेवारी दिएको कुरा सामाजिक संजाल मार्फत देखिन आएकोमा गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउदै उक्त कार्यको विरोध निन्दा एवं भत्सर्ना गरिएको छ ।

साथै बिज्ञप्तिमा आजका मितिसम्म कोहि नया अध्यक्ष नभएको र ने.बि.संघ चितवनलाई कसरि अगाडी भन्ने बिसयमा बृहत बिधार्थी भेला मार्फत निर्णय लिईने र भ्रमात्मक गतिविधिको पछाडी नलागी आसन्न चैत्र ५ मा हुन गैरहेको स्ववियु निर्वाचनमा नेपाल विधार्थी संघका उमेदवारलाई विजयी गराउन तदारुकताका साथ् लाग्न नेपाल विधार्थी संघ प्रति आस्था राख्ने सम्पूर्ण विधार्थीहरुलाई आग्रह समेत गरिएको छ ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.