बझाङको चैनपुरमा नवजात शिशुको शव भेटियो

बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरमा रहेको बाहुँलीगाड किनारमा नवजात शिशुको शव भेटिएको छ ।
बाहुँलीगाडको किनारमा निर्माणाधीन बसपार्क नजिक सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ । शिशुको शव फाल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.