चितवन जिल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको अध्यक्षमा धनबहादुर गुरूङ चयन हुनुभएको छ । भरतपुरमा सम्पन्न चौथो अधिवेशनले गुरूङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिलकुमारी लामा, सचिवमा सरस्वती लामा, सहसचिवमा खुमप्रसाद पन्त, कोषाध्यक्षमा रुविन पौडेल र सदस्यहरुमा शिवलाल भुर्तेल, माधवप्रसाद अर्याल, मनकुमार गुरूङ, जोखाप्रसाद चौधरी, राजकुमार शाह, कृष्णराज अधिकारी, केशव सिलवाल, सविता गौतम दाहाल र इन्दुराज खनाल चयन हुनुभएको छ ।
अधिवेशनले लेखा समिति संयोजकमा भीमबहादुर क्षेत्रीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मिलन पाण्डे र सरस्वती लम्साल पौडेल चयन हुनुभएको छ ।
उक्त अधिवेशनले संघीय प्रतिनिधिमा सिर्जना बसौला देवकोटा, चन्द्र्रमाया लामा, माधवप्रसाद अर्याल र हरिप्रसाद भण्डारी तथा प्रदेश प्रतिनिधिमा सुमित्रा अधिकारी, विष्णुकुमार कुँवर, केदारप्रसाद चापागाईं र गणेशप्रसाद बर्तौला चयन भएको निर्वाचन समितिले जनाएको छ ।
चितवन खानेपानी महासंघको अध्यक्षमा गुरूङ चयन