रत्ननगरकोे सौराहामा चेतना मुलुक र्याली तथा महिला सशक्तिकरण गोष्ठि सम्पन्न

रत्ननगर नगरपालिका– ६ सौराहामा आज चेतना मुलुक र्याली तथा महिला सशक्तिकरण गोष्ठि सम्पन्न भएको छ ।
एकसय १३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रेवान महिला सौराहा, सौराहा लेडिज जेसीजले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम सभाध्यक्ष सौराहा लेडिज जेसिजकी अध्यक्ष मन्जु चौधरी र रत्ननगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष किरण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
थारु कल्चर हाउसमा भएको उक्त कार्यक्रममा आदर्श गृहका सञ्चालिका मिना खरेल, रेवान सौराहाका महासचिव सुर्य बहादुर रिमाल, क्षेत्रीय होटल संघका उपाध्यक्ष योगेन्द्रनाथ अधिकारी, रेवान महिला समुहको अध्यक्ष लक्ष्मी विडारी बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष सोममाया तमाङ्ग लगायतले महिला हक हितका लागि आफ्नो आफ्नो धारणा राख्नुभएको सौराहा लेडि जेसिजकी निवर्तमान अध्यक्ष स्वप्ना पौडेल भण्डारीले जानकारी दिनुभएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.