भेटेरिनरी एशोसिएसन बागमती प्रदेश अध्यक्षमा तिवारी र उपाध्यक्षमा खनाल निर्वाचित

नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेश समितिको अध्यक्षमा दीपक तिवारी निर्वाचित हुनुभएको छ । चितवनको सौराहामा आयोजना गरिएको तेस्रो साधरण सभा तथा अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट तिवारी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
कुल खसेको एकसय ७४ मत मध्ये तिवारी ६८ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सुलभ श्रेष्ठले ६५ र योगेन्द्रराज पन्तले ३९ मत प्राप्त गर्नुभएको थियो । एशोसिएसनको उपाध्यक्षमा लोकप्रिय मतका साथ निमेष खनाल निर्वाचित हुनुभएको छ । खनालले एकसय १३ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी दीपेश केसीले ५३ मत प्राप्त गर्नुभएको थियो ।

सचिवमा पवन आचार्य ९९ मतका साथ निर्वाचित हुनुभएको छ ।उहाँका प्रतिस्पर्धी आशिष् ढकालले ७२ मत पाउनुभएको छ । सह सचिवमा एकसय दुई मतका साथ हरि अधिकारी निर्वाचित हुनुभएको छ । उहाँका निटकतम प्रतिस्पर्धी सरोज पराजुलीले ६५ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षमा कला पन्त निर्वीरोध निर्वाचित हुनुभएको छ । कार्य समिति सदस्यमा सरोज विष्ट एकसय ४० मत, अशुतोष भट्ट एकसय १२ मत, पुजा बराल एकसय आठ मत, अनिस पाठक ८३ मत, अनुपा श्रेष्ठ ७९ मत, सुवास मैनाली ७९ मतका साथ विजयी हुनुभएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.