चितवनमा पाँच महिनापछि फेरी देखियो कोरोना संक्रमण, एकै दिनमा भेटिए दुई संक्रमित

चितवनमा पुनः कोरोना संक्रमण देखिएको छ । हिजो सोमबार जिल्लाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि पुन कोरोना संक्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा कालिका नगरपालिकाका ४५ वर्षिया एक जना महिला र भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतको स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा अर्को एक जना महिलामा गरी दुई जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालमा आज आठ वटा नमूना परीक्षण गर्दा एक वटा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जिल्लामा गत कात्तिक ११ गते तीन जनामा संक्रमण देखिएपछि हालसम्म कोरोना संक्रमण देखिएको थिएन ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.