भरतपुरमा भएको तीन दिने उद्घोषण तालिम सम्पन्न, ७४ वर्षसम्मका महिलाको सहभागीता

संगम टोल महिला समिति,संगम टोल नारायणगढले आयोजना गरेको ‘३ दिने उद्घोषण कला तालिम’ हिजो सोमबार सम्पन्न भएको छ । चैत्र १८ गतेबाट भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा सुरु भएको सो तालिममा १६ जना महिला सदस्यहरू सहभागी भएका थिए ।
‘महिला सशक्तीकरण एवम् सिक्ने कुनै उमेर हुँदैन’ भन्ने कुरा प्रमाणित गर्दै २४ वर्षदेखि ७४ वर्ष उमेरसम्मका महिलाहरू उक्त उद्घोषण तालिममा सहभागी भएका थिए । संस्थाकी अध्यक्ष दुर्गा श्रेष्ठको सभाअध्यक्षता एवम् संयोजकत्वमा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सुमिना जोशीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा दुर्गा श्रेष्ठ, बिजु कँडेल, रामप्यारी श्रेष्ठ, मैयाँदेवी प्रधान, प्रमिला श्रेष्ठ, सुमिना जोशी, रत्नाश्री श्रेष्ठ, इन्दिरा सापकोटा, इन्दु श्रेष्ठ, जस्मिन प्रधान श्रेष्ठ, रामेश्वरी श्रेष्ठ, रीना गुप्ता, शिवदेवी पोखरेल, शिवमाया पौडेल, शुष्मा भट्ट, अनिता दराईलगायतका महिला सदस्यहरूले तालिम लिएका थिए भने प्रशिक्षक एवम् सह–प्रशिक्षकको भूमिकामा क्रमशः मनसा थैब श्रेष्ठ र अनिता श्रेष्ठ अधिकारी हुनुहुन्थ्यो ।
सहभागी सम्पूर्णलाई संस्थापक अध्यक्ष रेणु श्रेष्ठको हातबाट प्रमाण–पत्र वितरण गरिएको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.