चितवनको कालिकाबाट सिक्किम भ्रमण गएका दुई जनाको हिमपहिरोमा परेर मृत्यु

पुर्वी चितवनको कालिका नगरपालिका–६ खोलेसिमल स्थित मनकामना दुग्ध उत्पादक सहकारी सस्थाबाट भारतको सिक्किम भ्रमण गएका मध्ये दुईजनाको हिमपहिरोमा परेर मृत्यु भएको छ । नेपाली समय अनुसार हिजो दिउसो मंगलबार करिब १२ बजे सिक्किमको छिन्चु लेकमा पहिरोमा परि मृत्यु भएको सिक्किम प्रहरीले पुष्टी गरेको छ ।

मृत्यु हुनेमा सोही सहकारीका सदस्य शिवप्रसाद लामिछाने र आशिका ढकाल रहनुभएको छ । मृतक दुवैजना कालिका–६ खोलेसिमलका रहेको बताइएको छ । लामिछाने सो संस्थाका कार्य समिति सदस्य समेत हुनुहुन्थ्यो । सो हिमपहिरोमा परि सो सस्थाका करिब एक दर्जन सदस्य घाइते भएका छन् भने तीन जनाको गम्भीर अबस्थामा उपचार भई रहेको प्रहरीले बताएको छ ।

सिक्किम स्थित अस्पतालमा उपचाररत हुनेहरूमा सो सहकारीका रमेशखनाल, ज्योति गुरुङ र गीता सापकोटा रहनुभएको छ । पहिरोले सहकारीका दुईजना सहित सात जनाको मृत्यु भएको र घाइते १३ जना मध्ये छ जना अस्पताल मै उपचाररत रहेको डिस्टिक्ट कलेक्टर, सिक्किमले जनाएको छ । सो सहकारीबाट दुईवटा बसमा करिब ७० जना भ्रमण गएको बताईएको छ

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.