अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिएभरेष्टको ९एन–ए एनबी कलसाइनको हेलिकोप्टर दुर्घटनामा परेको छ ।
बेस क्याम्पबाट पोखरा फर्कने क्रममा अन्नपूर्ण बेस क्याम्पको पछिल्लो ढिस्कोमा ठोकिएर दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते हुनुभएको छ । उहाँको उद्दारका लागि अर्काे हेलिकोप्टर पठाइएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । उक्त हेलिकोप्टर पोखराबाट अन्नपूर्ण बेस क्याम्पको लागि समान लिएर गएको थियो । सामान अनलोड गरेर फर्कनेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो । हेलीकोप्टरमा क्याप्टेनबाहेक अन्य कुनै पनि यात्रु नभएका कारण मानवीय क्षति नभएको बताइएको छ ।