रास्वपाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुईकरोड रुपैयाँ घुस मागेको अडियो बाहिरियो,पार्टीले छानबिन गर्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न भन्दै दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो ।
कुराकानीमा सांसद श्रेष्ठले भन्नुभएको छ, ‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि, साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला ।’ सांसद श्रेष्ठले मन्त्री बनेबापत पार्टीले पैसा मागेको उल्लेख गरे पनि कसले मागेको भनेर खुलाउनुभएको छैन । व्यवसायी प्रसाईंले यो पैसा पार्टी सभापति रवि लामिछानेलाई जान्छ कि जाँदैन भनेर सोध्दा सांसद ढाकाकुमार श्रेष्ठले भन्नुभएको छ, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिर दुई–तीन जना साथीहरू हुनुहुन्छ । पार्टीलाई जान्छ भनेका छन् । जान्छ कि जान्न भन्ने पनि मलाई थाहा छैन ।’
फोन वार्तामा दुर्गा प्रसाईंले मन्त्री बनेपछि आफूलाई सहयोग गर्नुपर्ने र आफ्नो काम गरिदिनुपर्ने सर्त सांसद श्रेष्ठसँग राख्नुभएको छ । ‘यो दुई करोडको ग्यारेन्टी मैले गरिदिन्छु, तपाईँ पिर नगर्नुस्, तपाईँले दुई करोड पाउनुहुन्छ, तर तोशिमा कार्कीले तपाईँसँग लडाइँ त गर्दिनन् नि’, प्रसाईंले भन्नुभएको छ ।
आफ्ना सांसदले दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालै यो विषयमा छानबिन गर्ने भएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.