फिलिपिन्समा आगलागी हुँदा सातजनाको ज्यान गयो, ६० परिवार घरबारविहीन

फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा हिजो शनिबार राति आगलागी हुँदा दुई वर्षीया बालिका र १२ वर्षीय बालकसहित सातजनाको मृत्यु भएको छ ।
राति १० बजेअघि लागेको आगो तायटे सहरमा तीव्र गतिमा फैलिएको थियो । आगलागीले छरछिमेकमा ४० भन्दाबढी घरहरू आगोको चपेटामा परेका थिए ।
अग्निपीडितहरू घरमा फसेका थिए र भने केही शवहरू भान्साको भुइँमा र बाथरूम भित्र फेला परेको प्रहरीले जनाएको छ । उक्त आगलागीका कारण ६० भन्दाबढी परिवार घरबारविहीन भएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको दमकल विभागले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.