रत्ननगरको सौराहामा साइकल र्याली अभियान सम्पन्न

रत्ननगर नगरपालिका–६ सौराहमा आज साइकल र्याली अभियान सम्पन्न भएको छ । संरक्षणमा युवा नारा लिएको सौराहा जेसीजले प्राकृतिक र वन्यजन्तुको संरक्षणको विषयमा साइकल र्याली अभियान सञ्चालन गरेको हो ।
जेसीजका अध्यक्ष सुरेश भुसालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा देवचुली जेसीजका अध्यक्ष गणेश सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष सापकोटाले साइकल र्याली अभियानले प्रकृतिक र वन्यजन्तुको संरक्षण मात्र नभई साइकल यात्राले मानिसलाई समेत स्वस्थ राख्न मदत पु¥याउने बताउनुभयो । कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवम् सौराहा जेसीजका अध्यक्ष भुसालले प्रकृति र संरक्षणको पाटोमा सौराहा जेसीज सदैव लागिरहने बताउनुभयो ।
उक्त साइकल र्याली अभियानमा चितवन र नवलपुर शाखाका पदाधिकारी, सौराहा जेसीजका पुर्वअध्यक्ष, र.न.पा वडा नं ७ का जनप्रतिनिधि लगायत करिब ४० जनाको उपस्थित रहेको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.