न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा श्रेष्ठ

चितवनका युवा व्यवसायीको व्यवसायिक समुह न्यू होप ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ चयन हुनुभएको छ । कम्पनीको हिजो सोमबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो ।
कम्पनीको सचिव पदमा भुपेन्द्र कर्माचार्य चयन हुनुभएको छ भने सदस्यहरुमा मनोज रानाभाट, गोपाल भट्टराई, र सचिववदन भण्डारी चयन हुुनुभएको हो । यस्तै गु्रपको सल्लाहकारमा दिपेश श्रेष्ठ (ख) र रुवीन रामुदामु चयन हुनुभएको छ ।

सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले कम्पनीले पूर्णता पाएसंँगै चितवन लगायत अन्य जिल्लाहरुमा विभिन्न क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको बताउनुभयो । ‘हामी सबैको आ– आफ्नै विजनेश र पेशा छ श्रेष्ठले भन्नुभयोे, यो गु्रपमा हामीले संयुक्त लगानी गरी संभावित क्षेत्रमा लगानी गर्दै जानेछौं ।’ गु्रपले हाल रियलस्टेट क्षेत्रमा लगानी गर्दै आएको र आगामी दिनमा हस्पिटालिटी क्षेत्रमा लगानी गर्न लागेको अध्यक्ष श्रेष्ठको भनाई छ । चितवन हरेक क्षेत्रमा संभावना भएको क्षेत्र भएपनि भोलिका दिनमा भने चितवनमा मात्रै होइन देशमा मुख्य शहरहरुमा पनि लगानी र व्यवसाय विस्तार गर्दै लग्ने श्रेष्ठले बताउनुभयो ।
कम्पनीमा पोल्ट्री, अटोमोबाइल, होटल, सुनचांँदी, स्वास्थ्य, सहकारी लगायत क्षेत्रका व्यवसायीहरु गरी ३१ जना सदस्य आवद्ध छन ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.