भरतपुर अस्पतालमा विद्यार्थीले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइयो, प्रहरीले थाल्यो अनुसन्धान

चितवनको भरतपुर अस्पतालमा नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ ।
अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरी कोरोनाको नक्कली रिपोर्ट बनाएको पाइएको हो । अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
अस्पतालले गत माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा रिएजेन्ट अभाव भएकाले कोभिड– १९ को पीसीआर परीक्षण कार्य रोकिएको जनाएको छ । अस्पतालमा दैनिक ४५ जनाको एन्टिजेन परीक्षण भने भइरहेको छ ।

तर, एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पतालले अनुसन्धान गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।
नक्कली रिपोर्ट बनाउनेहरुको बारेमा अनुसन्धान अगाडि बढाइएको पनि उहाँले जानकारी दिनुभयो । हालसम्म कोहि पनि पक्राउ नपरेको र खोजी कार्य जारी रहेको बताईएको छ । अनुसन्धानबाट दोषीहरु पक्राउ गरेर सरकारी कागज किर्ते तथा छाप दुरुपयोगलगायतका अन्य मुद्दामा कारबाही हुने पण्डितको भनाई छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.