हतियार प्रदर्शन गरेको आरोपमा चक्रे मिलनका ‘सहयोगी’ पक्राउ

गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगीलाई प्रहरीले बाँकेको चिसापानीबाट पक्राउ गरेको छ । नेपालगन्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले बताउनुभयो ।
नेकपा एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घको महाधिवेशनमा भाग लिन जानुभएका मिलनसँग पोइन्ट टुटु’ हतियार बोकेर हिँडेको भिडियो बोगटीले सामाजिक सञ्जाल(टिकटक) मा पोस्ट गर्नुभएको थियो ।

बोगटीको साथमा रहेको घातक हतियार समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोे छ । प्रहरीका अनुसार उहाँले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिएको पाइएको छ । लाइसेन्स लिएको भएपनि प्रदर्शन गर्न नपाइने हुनाले सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाइने एसपी राठौरको भनाई छ । बोगटीले सो हतियार के प्रयोजनका लागि र कहिले लिनुभएको थियो भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.