मूलपानी मैदानमा हुने नेपालको खेलमा प्रवेश निःशुल्क

अब आउँदो वैशाख पहिलो सातादेखि नेपालमा हुने एसीसी प्रिमियर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा हुने नेपालको खेल हेर्न दर्शकले निःशुल्क प्रवेश पाउने भएका छन्
वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट रंगशालामा हुने तय भएको छ । जसअन्तर्गत मूलपानी क्रिकेट मैदानमा हुने खेलहरूमध्ये नेपालको खेलमा दर्शकहरूलाई खेल हेर्नका लागि कुनै शुल्क नलिइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
“कागेश्वरी–मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले मूलपानीमा हुने नेपालको खेल निःशुल्क गर्न आग्रह गर्नुभएपछि क्यानले उक्त आग्रह स्वीकार गरेर मूलपानीमा हुने नेपालको खेल हेर्नका लागि दर्शकलाई टिकट शुल्क नलिई निःशुल्क प्रवेश दिने निर्णय गरेको हो । नेपालबाहेक अन्य टिमको खेलमा पनि मूलपानीमा निःशुल्क प्रवेश दिने भन्ने कुरा उठेको भएपनि यसबारे निर्णय भइनसकेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिनुभयो ।
यता कीर्तिपुरमा भने सबै खेलका लागि भने टिकट राखिने बताइएको छ पाकिस्तानमा हुने एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । प्रिमियर कपको समूह ‘बी’ मा हङकङ, युनाइटेड अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन र सिंगापुर छन् ।
नेपालले प्रतियोगिताका तीन खेल त्रिवि क्रिकेट मैदानमा र एक खेल मूलपानी क्रिकेट मैदानमा खेल्ने तालिका सार्वजनिक भएको छ । मूलपानी क्रिकेट मैदानमा नेपालले साउदी अरेबियाविरुद्ध वैशाख ११ गते खेल्ने तालिका छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.