सिन्धुलीमा कार दुर्घटनामा ज्यान गुमाएका चारै जनाको परिचय खुल्यो

सिन्धुलीमा भएको भारतीय कार दुर्घटनामा ज्यान गुमाउने चारै जनाको परिचय खुलेको छ ।

ज्यान गुमाउनेहरूमा भारतको बिहारका अभिषेक ठाकुर, राकेशकुमार सिङ, मनु सिङ र गवर सिङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तीन जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि सिन्धुली अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो । कारमा सवार रहेका पाँच जनामध्ये धर्मेन्द्रकुमार सोनी घाइते हुनुभएको छ । उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
गएराति साढे १२ बजे पूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नं. भारतीय कार बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक दुर्घटनामा परेको थियो । उक्त कार सडकबाट पाँचसय फीट तल खसको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.