नेपाल राष्ट्र बैंकले १० वाणिज्य बैंकलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकले २०७९–०८०को तेस्रो त्रैमासिकमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) र सम्पत्ति शुद्धीकरण निर्देशन उल्लंघन गर्ने १० वाणिज्य बैंकलाई नगद जरिवाना गरेको हो ।
सीडी रेसियो कायम नगरेको भन्दै राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, तत्कालीन सेञ्चुरी कमर्सियल बैंक(हाल प्रभु बैंक), नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंकलाई नगद जरिवाना गरेको छ ।
हिमालयन बैंकले २०७९ भदौमा सीडी रेसियो कायम गर्न नसक्दा ७१ लाख ७२ हजार जरिवाना गरेको छ ।
त्यसैगरी कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार, ग्लोबल आईएमई बैंकलाई चार करोड ४२ लाख, नबिल बैंकलाई छ करोड ४६ लाख, नेपाल बैंकलाई १८ लाख ५९ हजार र प्रभु बैंकलाई दुई करोड ८४ लाख रुपैयाँ जरिवाना गरेको छ ।
साथै राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ती शुद्धीकरण निर्देशन उलघंन गरेको भन्दै १० लाख रुपैयाँ जरिवाना गरेको छ । तत्कालीन कुमारी (हाल कुमारी) बैंकलाई सहुलियत कर्जा प्रवाह औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेकाले सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर