अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जन सहित आठ जनाविरुद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्धामा नापी अधिकृत महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादव ,मालपोत चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णु प्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवर तथा झापाको कमल गाउँपालिका–२ का योगेन्द्र आचार्य , काठमाडौँ कागेश्वरी मनोहरा–९ का सिताराम अधिकारी र काठमाडौँ महानगरपालिका –९ का नविन दाहाल विरुद्ध मुद्धा दर्ता गरीएको हो ।
काठमाण्डौ विकास प्राधिकरणको सहमतिविना स्मार्ट सिटीअन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुसी जोडी नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेको अख्तियारको आरोप छ । कित्ताकाट गर्ने क्रममा उनीहरूले आफूहरूलाई लाभ प्राप्त गर्ने उद्देश्यले कित्ताहरूको आकार–प्रकार परिवर्तन गरेको आयोगको दाबी रहेको छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मूख्य कसुरदारलाई हुने सजायसरह सजाय हुन मागदावी लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर