नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले आज शुक्रबार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एकसय विकेट पूरा गर्ने खेलाडी बनेका छन् । लामिछानेले ४२ खेलमा एकसय विकेट लिएर किर्तिमान बनाएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगको खेलमा आदिल सफिकलाई एलबिडब्लूको धरापमा पार्दै लामिछानेले यो कीर्तिमान बनाएका हुन् ।
यसअघि यो कीर्तिमान अफगानिस्ताका स्पिनर रसिद खानको नाममा थियो । रसिदले ४४ खेलमा एकसय विकेट पूरा गरेका थिए । त्यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा एकसय विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर