चितवनमा किरियापुत्रीद्वारा मतदान

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आज आइतबार भएको उपनिर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १२ को मोहन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट विष्णु पौडेल छिमेकीले मतदान गरेका हुन् ।
मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी इश्वर आचार्यले आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य उत्साहपूर्वक सञ्चालन भइराखेको जानकारी दिनुभयो ।
जिल्लाका सबै मतदान स्थलमा बिहानदेखिनै मतदान कार्य भइराखेको छ । मतदान गर्न किरियापुत्री, अपाङ्ग अशक्त, वृद्ध अबस्थाका व्यक्तिहरुको पनि सहभागिता रहेको छ । ४३ स्थलका एकसय ३८ केन्द्रमा मतदान जारी रहेको यो क्षेत्रमा साढे १२ बजेसम्म ४१ प्रतिशत मत खसेको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका छन् । जसमध्ये ६३ हजार दुई९१ महिला, ६१ हजार चारसय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.