पाल्पामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ३५ जना घाइते

पाल्पाको जोरधारामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने ३५ जना घाइते भएका छन् ।
रुपन्देहीको बुटवलबाट बाग्लुङको बुर्तीबाङका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटनामा परेको हो । ज्यान गुमाएकी महिलाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते सबैलाई उपचारको लागि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.