खैरहनी मा निशुल्क दन्त सिविर सम्पन्न भएको छ
पुर्वी चितवनको खैरहनी नगरपालिका ८ पर्साबजारमा आज निशुल्क दन्त सिविर सम्पन्न भएको छ।
मिसन स्टार एजुकेसन कन्सलटेन्सी प्रा. लि. खैरहनी ८ को आयोजना र भरतपुर १० मा रहेको नमोबुद्द डेण्टल क्लिनिकको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त दन्त सिविरमा भरतपुर अस्पतालका डेन्टल सर्जन डाक्टर प्रविन स्याङ्तान, डाक्टर छिम्मे लामा, डाक्टर अभिषेक झा र डाक्टर शौरभ कडेल लगायतका चिकित्सकहरुले १४० जाना विरामिको दन्त परिक्षण गरेको मिसन स्टार एजुकेसन कन्सल्टेन्सीका ब्रान्च म्यानेजर बिक्रम पन्जियारले बताएका छन।
वैदेशिक अध्ययनको भरपर्दो गन्तव्य रहेको मिसन स्टार एजुकेसन कन्सल्टेन्शीले सामाजिक उतरदायित्व निभाउदै दन्त परिक्षण सिविर कार्यक्रमको आयोजना गरिएको सस्थाका मेनेजिङ्ग डाईरेक्टर नमराज रेग्मीले जानकारी दिएका छन।