Admin

126 Posts
रत्ननगरको सार्वजनिक सुनुवाई, नगरबासीको गुनासो र सुझाब उत्तिकै

रत्ननगरको सार्वजनिक सुनुवाई, नगरबासीको गुनासो र सुझाब उत्तिकै

चितवन, पुस २३ । रत्ननगर नगरपालिकाको चालु आर्थिक बर्षको प्रथम सार्वजनिक सुनुवाई विहीवार गरिएको छ । कार्यक्रममा नगरबासीहरुले विकास निर्माणको विषयमा जनप्रतिनिधि समक्ष गुनासो र सुझाब राखेका छन् । सुकुमबसीलाई लालपूर्जा माग देखि विकास निर्माणको गुणस्तर,नागरिक सुरक्षा फोहोर व्यवस्थापन सम्ममा विषयहरुलाई नगरबासीहरुले जोडतोडका साथ उठाएका छन् । सार्वजनिक सुनुवाईमा लालपूर्जाको मागसंगै पूर्वाधार निर्माणमा भएका गुणस्तर, सार्वजनिक जग्गा संरक्षण, आर्थिक पारदर्शीता, कर्मचारीको कार्यशैली, फोहोर व्यवस्थापन, साँध सिमाना, जग्गा अतिक्रमण, कृषि र पशुपालन क्षेत्रमा अनुदान, विद्यालय समायोजन, शिक्षक दरबन्दी, न्याय सम्पादन लगायतका विषयमा नगरका अगुवाहरुले प्रश्न गरेका छन् । कार्यक्रममा मेयर नारायण वन, उपमेयर विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडा…
Read More
दक्षिण कोरियाली अभिनेत्री तथा मोडल किमको २९ बर्षको उमेरमा निधन

दक्षिण कोरियाली अभिनेत्री तथा मोडल किमको २९ बर्षको उमेरमा निधन

पुस २३ । दक्षिण कोरियाली अभिनेत्री तथा मोडल किम मि-सूको २९ वर्षको उमेरमा निधन भएको छ । डिज्नी प्लसको सिरिज स्नोड्रप र नेटफ्लिक्सको हेलबण्ड मा अभिनय गरेकी दक्षिण कोरियाली अभिनेत्री किमको २९ वर्षको उमेरमा निधन भएको हो । उनको एजेन्सी ल्यान्डस्केप इन्टरटेनमेन्टले बुधबार जारी गरेको एक विज्ञप्तिमा नयाँ टिभी स्टार र मोडलको मृत्यु भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ- 'हामीले अत्यन्तै हृदयविदारक र दु:खद खबर साझा गर्न लागेको छौं । अभिनेता किमले जनवरी ५ मा अचानक हामीलाई छाडेर गएकी छन् ।' किमको मृत्युको कारण भने दिइएको छैन । उनको परिवारको इच्छा अनुसार अन्तिम संस्कार गोप्य रुपमा गरिने बताइएको…
Read More
एमालेले आज देशभर जिल्ला अधिवेशन गर्दै, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

एमालेले आज देशभर जिल्ला अधिवेशन गर्दै, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौँ, पुस २३ । नेकपा (एमाले) ले आज देशभर जिल्ला अधिवेशन गर्दैछ । एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ उद्घाटन हुन लागेको हो । प्रतिकूल मौसमका कारण केही हिमाली जिल्ला र तयारी नपुगेका बाहेकका जिल्लामा अधिवेशनको अर्को मिति तय हुनेछ । जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ । जिल्ला तथा प्रदेश अधिवेशनका…
Read More
रिजवानलाई मोस्ट भ्यालुएबल प्लेयर अवार्ड

रिजवानलाई मोस्ट भ्यालुएबल प्लेयर अवार्ड

पुस २३ । मोहमद रिजवानले पीसीबी मोस्ट भ्यालुएबल क्रिकेटर अफ दि इयर अवार्ड प्राप्त गरेका छन् । पाकिस्तान क्रिकेट बोर्डको अवार्डमा रिजवान मोस्ट भ्यालुएबल क्रिकेटर अफ दि इयर घोषित भएका हुन् । रिजवानले बाबर आजम, शहिन शाह अफ्रिदी र हसन अलीलाई पछि पार्दै यस अवार्ड जितेका हुन् । रिजवानले टी-ट्वान्टी आई क्रिकेटर अफ दि इयर अवार्ड समेत हात पारे । बाबर आजमले ओडीआई क्रिकेटर अफ दी इयर अवार्ड जिते । इम्प्याक्टफूल क्रिकेटर अफ दि इयर शहिन शाह अफ्रिदीले प्राप्त गर्दा इमर्जिङ क्रिकेटर अफ दि इयर मोहमद वासिमले पाए । टेस्ट क्रिकेटर अफ दि इयर अवार्ड हसन अलीले जिते । महिला…
Read More
भारतमाथि दक्षिण अफ्रीकाको सहज जित

भारतमाथि दक्षिण अफ्रीकाको सहज जित

पुस २३ । घरेलु टोली दक्षिण अफ्रीकाले दोस्रो टेस्टमा भारतलाई हराएको छ । जोहन्सवर्गमा बिहीबार दक्षिण अफ्रीकाले भारतलाई ७ विकेटले हराएको हो । भारतबाट प्राप्त २ सय ४० रनको लक्ष्य दक्षिण अफ्रीकाले ३ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रीकाका लागि कप्तान डीन इल्गरले ९६ रनको अर्धशतकीय इनिङ्स खेले । भान डेर डुसेनले ४० रन जोड्दा एडिन मार्क्रमले ३१ रन जोडे । किगन पिटर्सनले २८ रन जोड्दा टेम्बा बाभुमाले अविजित २३ रन बनाए ।भारतका मोहमद शामी,शार्दुल ठाकुर र रविचन्द्र आश्विनले १/१ विकेटल लिए । यस अघि पहिलो इनिङ्समा दक्षिण अफ्रीकाले अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । भारतले…
Read More
फिलिपिन्समा १८ बर्ष पुरा नभए विवाह गर्न नपाइने

फिलिपिन्समा १८ बर्ष पुरा नभए विवाह गर्न नपाइने

पुस, २३ । फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । कानूनी रुपमै बाल विवाहलाई प्रतिवन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अवदेखि अवैध मानिने भएको हो । बिहीबार घोषणा गरिएको कानून अनुसार १८ बर्ष पुरा नभएका बालबालिकाहरूले विवाह गर्न नपाउने र एउटै कोठामा बस्न नपाउने भएका छन् । दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्स धेरै बाल विवाह हुने मुलुकहरु मध्ये १२ औं अग्रस्थानमा पर्दछ । राष्ट्रपति रोड्रिगो डुतेर्तेले हस्ताक्षर गरेर जारी गरेको नयाँ कानुनले लैङ्गिक समानता, स्वास्थ्य अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । उनले जारी गरेको कानून उलङ्घन गर्नेलाई १२ बर्ष जेल सजायको व्यवस्था गरिएको…
Read More
एनआरएनएको केन्द्रीय समिति बैठक आगामी साता बस्ने

एनआरएनएको केन्द्रीय समिति बैठक आगामी साता बस्ने

लण्डन, पुस २३ । गैरआवासीय नेपाली संघ (एनआरएनएं) को ८१ औं बैठक आगामी साता बस्ने भएको छ । संघका महासचिव डा हेमराज शर्माका अनुसार सो बैठक जनवरी १५ का दिन नेपालको समय अनुसार दिउँसो दुई बजे बस्ने गरि डाकिएको हो । बैठकमा आगामी दशौं महाधिवेशन र संघको निर्वाचन प्रमुख एजेण्डा लगायतका विषयमा छलफल हुनेछ । संघको महाधिवेशनमा प्रतिनिधि छनौटको विषय प्रमुख रुपमा विवादित हुँदा निर्वाचन र महाधिवेशन लामोसमयदेखि रोकिएको छ । केन्द्रीय समितिको बैठक अगावै निर्वाचन सम्बन्धी तालिका प्रकाशन गर्ने तयारी गरिएको छ । महाधिवेशन प्रतिनिधि विवाद सल्टाउन अध्यक्षका प्रत्यासी डा. बद्री केसी, रविना थापा र कुल आचार्यबीच पटकपटक औपचारिक…
Read More
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

पुस २३ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Read More
आजको राशिफल: २०७८ साल पुष २३ गते शुक्रवार

आजको राशिफल: २०७८ साल पुष २३ गते शुक्रवार

आजको राशिफल  बि.सं. २०७८ साल पुष २३ गते शुक्रवार ई.सं.२०२२ जनवरी ७ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल पञ्चमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल पञ्चमी तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, व्यतिपात योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६: ५५ बजे, सूर्यास्त साँझ ५: २४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर १४ मिनेट देखि ९…
Read More
शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

चितवन, पुस २२ । शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताइन् । उनको भनाइमा महानगरमा अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक शिक्षक परिचालन, खुला आवेदनबाट पूर्ण छात्रवृत्ति प्रदानजस्ता कार्यक्रम उक्त महानगरपालिकाले मात्र गरेको छ । यी कार्य अन्य पालिकाका लागि सिको गर्ने कार्य भएको उनको भनाइ छ । भरतपुर महानगरले आफ्नो आन्तरिक आम्दानीको १३ प्रतिशत शिक्षामा लगानी गरेको छ । सङ्घीय सरकारले १० प्रतिशत मात्र शिक्षामा बजेट छुट्याएको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.