Admin

127 Posts
आजको राशिफल: २०७८ साल पुष २० गते मंगलवार

आजको राशिफल: २०७८ साल पुष २० गते मंगलवार

आजको राशिफल बि.सं. २०७८ साल पुष २० गते मंगलवार ई.सं.२०२२ जनवरी ४ नेपाल सम्बत ११४१ पोहेलाथ्व  पुष शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल द्धितीया तिथी, चन्द्रमा मकर राशिमा, उत्तराषाढा  नक्षत्र, हर्षण योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६: ५५ बजे, सूर्यास्त साँझ ५: २२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ५० मिनेट देखि…
Read More
राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले टुंग्यायो १९ उम्मेदवार (सूचीसहित)

राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले टुंग्यायो १९ उम्मेदवार (सूचीसहित)

काठमाडौं, पुस १९ । राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि नेकपा एमालेले १९ जना उम्मेदवार टुंगो लगाएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा सोमवार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको हो । राष्ट्रिय सभामा फागुन २० बाट रिक्त हुने १९ सीटका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । अर्को एक सीटमा भने सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनित गर्नेछिन् । सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर अगाडि बढ्ने सहमति गरिसकेकाले प्रदेश १ बाहेक अन्यत्र एमालेले जित्ने सम्भावना नगण्य छ । तैपनि एमालेले सबै सीटमा उम्मेदवारी दिनेगरी उम्मेदवार चयन गरेको हो । हेर्नुहोस्, एमाले उम्मेदवारहरूको सूची : प्रदेश–१ खुलाः देवराज घिमिरे…
Read More
माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

काठमाडौं, पुस १९ । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित केन्द्रीय समितिको सोमवार बसेको बैठकमा नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डको नाम प्रस्ताव गरेका हुन् भने नेता कृष्णबहादुर महराले प्रचण्डको नाममा समर्थन गरेका छन् । झण्डै ३ दशकदेखि पार्टीको अध्यक्ष रहेका प्रचण्ड आठौं महाधिवेशनपछि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
Read More
रत्ननगरमा दुई हजार २७८ मतदाता थपिए

रत्ननगरमा दुई हजार २७८ मतदाता थपिए

चितवन, पुस १९ । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा दुई हजार २७८ जना नयाँ मतदाता थपिएका छन् । सो नगरपालिकामा पुस ४ गते देखि १८ गते सम्म फोटो सहितको मतदाता नामाबली संकलन गरिएको थियो । पुरुष १ हजार १८५ र महिला १ हजार १०२ गरी दुई हजार २७८ जना नयाँ मतदाता थपिएको नगरपालिकाकी प्रशासन शाखा अधिकृत उर्मिला दाहालले जानकारी दिइन । चितवनका सातवटा पालिकामा १८ हजार बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कार्तिक मसान्त सम्म चितवनमा तीन लाख ७८ हजार ७२१ मतदाता संख्या रहेको थियो ।
Read More
नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

काठमाडौं, पुस १९ । सेयर कारोबारको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । यसदिन नेप्से ३२.०३ अंकले बढेर २६ सय १६.९४ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार नेप्से ६० अंक बढीले वृद्धि भएको थियो । सो दिन २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता सेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँमा सेयर कारोबार भएको थियो । यसदिन सेन्सेटिभ इण्डेक्स ५.८६ अंकले बढेर ४८७.८७ विन्दुमा अडेको छ । सोमबार २३० कम्पनीको ८२ हजार ५ हजार ५२ कित्ता सेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७९ रुपैयाँमा कारोबार भयो…
Read More
कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, को को परे ?

कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, को को परे ?

काठमाडौं, पुस १९ । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारीको बैठकले ६ जना उम्मेदवार टुंगो लगाएको हो । आजै बिहान बसेको सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि भागवण्डा मिलाएको थियो । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि मंगलबार मनोनयन दर्ता हुँदैछ । जसमा कांग्रेसले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा पन्त र नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको डा.शेखर कोइरालाले जानकारी दिए । केन्द्रीय समिति बैठकअघि बसेको पदाधिकारी बैठकले यी नाममा सहमति जुटाएको थियो । उक्त नामहरू पदाधिकारी बैठकलगत्तै केन्द्रीय समिति बैठक बसेर अनुमोदन गरिएको…
Read More
समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्छ: उपमहासचिव गुरुङ

समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्छ: उपमहासचिव गुरुङ

दमक, पुस १९ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताएकाछन् । प्रेस चौतारी नेपाल झापाको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीति ध्रुवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अवस्था देखिँदै गएकाले अब समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्ने जिकिर गरे । उनले एमालेको विकल्पमा अरु कम्युनिष्ट समूह, गुटका रुपमा मात्र सीमित भएकाले पनि समग्र बृहत कम्युनिष्टलाई सङ्गठित गर्न सक्ने भनेको एमाले मात्र भएको धारणा राखे । उनले भने, “एमाले सक्कली कम्युनिष्ट हो, सक्कली कम्युनिष्टको पक्षमा देशभरि फेरि जनलहर आएको छ, जनताले चिनिसकेका छन्, कुन असली…
Read More
हाफिजद्वारा सन्यास घोषणा

हाफिजद्वारा सन्यास घोषणा

पुस १९ । पाकिस्तानका अलराउन्डर मोहम्मद हाफिजले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । हाफिजले सोमबार १८ वर्षीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । यद्दपी हाफिज फ्रेन्चाईज टी-ट्वान्टी क्रिकेटमा भने उपलब्ध हुने छन् । हाफिजले २००३ मा जिम्बावेविरुद्धको खेलबाट एकदिवसीयमा डेब्यु गरेका थिए । उनले अन्तिम पटक टी-ट्वान्टी विश्वकपमा अष्ट्रेलियाविरुद्ध खेलेका थिए । हाफिजले पाकिस्तानका लागि ५५ टेस्ट २ सय १८ एकदिवसीय र १ सय १९ टी-ट्वान्टी खेलेका छन् । जसमा १२ हजार ७८० रन जोड्दा २ सय ५३ विकेट लिएका छन् ।  उनले टेस्टबाट २०१८ मा सन्यास घोषणा गरेका थिए । एजेन्सी
Read More
जब बैंकले भुलबस ग्राहकका खातामा पठायो २१ अर्ब !

जब बैंकले भुलबस ग्राहकका खातामा पठायो २१ अर्ब !

यदि तपाइँको खातामा अचानक लाखौँ रुपैयाँ आयो भने के गर्नुहुन्छ ? वित्तीय अपराध धेरै हुने अहिलेको जमानामा यसरी बैंकमा अकस्मात ठूलो रकम आउँदा खुसी भन्दा धेरै डर लाग्नु स्वभाविकै हो । कहिलेकाहीँ स्वयं बैंकले पनि गल्तीले ग्राहकको खातामा मोटो रकम पठाउँदो रहेछ । बेलायतमा हालै एउटा यस्तो घटना भएको छ । बेलायतको Stander बैंकले ७५ हजार जनाका बैंक खातामा भुलबस २१ अर्ब रुपैयाँ बराबरको रकम पठाएको छ । आफ्नो खातामा अकस्मात बैंकबाट पैसा आएपछि ग्राहकहरु खुसी भए । तर पछि उक्त रकम बैंकको गल्तीले पठाइएको थाहा पाएतापनि धेरै मानिसले पैसा फिर्ता गर्ने जाँगर चलाएका छन् । समाचार अनुसार स्यान्टान्डर बैंकले…
Read More
चितवनका चिकित्सक भन्छन्- ‘चिसो मौसममा उच्च रक्तचापको जोखिम’

चितवनका चिकित्सक भन्छन्- ‘चिसो मौसममा उच्च रक्तचापको जोखिम’

नारायण अधिकारी, चितवन, पुस १९ । चिसो मौसममा उच्च रक्तचापको जोखिम बढी हुने यहाँका चिकित्सकले बताएका छन् । जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको भनाइ छ । अस्पतालमा अन्य समस्या लिएर आएका बिरामीमासमेत उच्च रक्तचापको समस्या देखिने गरेको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा.भोजराज अधिकारीले आफूमा रक्तचाप छैन भन्नेहरुमा पनि रक्तचाप बढेको बताए । उनले भने, “चिसो मौसम सुरु भएयता अन्य प्रयोजनले परीक्षणमा आउने बिरामीमा उच्च रक्तचाप धेरैमा देखिन थालेको छ ।” यसअघि कहिल्यै रक्तचाप उच्च नदेखिएका र थाहासमेत नपाएकामासमेत समस्या देखिएको उनको भनाइ छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.