रेडियो अर्पण

797 Posts
भारतमा भेटिए एकै दिन छ हजार जनाभन्दा धेरै कोरोना सङ्क्रमित

भारतमा भेटिए एकै दिन छ हजार जनाभन्दा धेरै कोरोना सङ्क्रमित

भारतमा एकै दिन छ हजार जनाभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना सङ्क्रमण बढिरहेकोमा पछिल्लो २४ घण्टामा छ हजार ५० जनामा सङ्क्रमण पुष्टि भएको भारतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । भारतमा एकै दिन सङ्क्रमण पुष्टि भएको यो संख्या पछिल्लो दुई सय तीन दिनयताकै उच्च रहेको छ । पछिल्लो २४ घण्टामा थपिएको संख्यासँगै भारतमा सक्रिय सङ्क्रमितको संख्या २८ हजार तीन सय तीन जना पुगेको छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । पछिल्लो समय भारतमा कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिरहेको छ । भारतमा…
Read More
चितवन प्रशासनद्धारा प्रहरी कार्यालयमा हतियार बुझाउन आग्रह

चितवन प्रशासनद्धारा प्रहरी कार्यालयमा हतियार बुझाउन आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर–२ को उपनिर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो । आज सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । हातहतियार नबुझाउनेलाई कारबाही गर्ने प्रशासन कार्यालय चितवनले चेतावनी दिएको छ । आज शुक्रबार जारी गरेको सूचनामा आगामी चैत मसान्तभित्र इजाजत प्राप्त विभिन्न किसिमका हतियारलाई नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ ।
Read More
चितवनको रत्ननगरमा मर्निङवाकमा निस्केका पुरुषको ज्यान गयो

चितवनको रत्ननगरमा मर्निङवाकमा निस्केका पुरुषको ज्यान गयो

पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ मा मर्निङवाक गर्ने क्रममा हृदयघात भएर एक पुरुषको मृत्यु भएको छ । आज बिहान पौने छ बजे मर्निङ वाक गर्ने क्रममा देवौलीको बाटोमा रत्ननगर–४ देवौलीका ५१ वर्षिय जीवन महतोको मृत्यु भएको हो । रत्ननगर–९ खेतबारी रेष्टुरेन्ट नजिक महतोको मृत्यु भएको टाँडी प्रहरीले जनाएको छ । महतोलाई उपचारका लागि बकुलहर रत्ननगर अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । बेलायतमा बस्दै आउनुभएका उहाँ चैते दशैँमा नेपाल आआउनुभएको थियो प्रहरीका अनुसार उहाँमा दिर्घरोग केहि थिएन । शवको पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
Read More
काठमाडौं महानगरले सार्वजनिक गर्यो शैक्षिक सत्रको क्यालेन्डर, २०८० सालमा दुईसय २४ दिन विद्यालय खुल्ने

काठमाडौं महानगरले सार्वजनिक गर्यो शैक्षिक सत्रको क्यालेन्डर, २०८० सालमा दुईसय २४ दिन विद्यालय खुल्ने

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । उक्त क्यालेन्डर अनुसार शैक्षिक सत्र २०८० मा २२४ दिन विद्यालय खुल्नेछ । महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८० मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न र यसै अनुसार आफ्नोे शैक्षिक क्यालेन्डर र शैक्षणिक योजना बनाउन महानगरपालिकाले विद्यालयहरुलाई आग्रह गरेको छ । कार्यतालिका अनुसार वैैशाख ३ गतेबाट शैक्षिक सत्र सुरु हुनेछ । गर्मी विदा आठ दिन (असार २२ देखि २९ गतेसम्म), प्रथम त्रैमासिक मूल्याङ्कन (साउन २५ देखि भदौ १ गतेसम्म), असोज २८ गतेदेखि मंसिर १ गतेसम्म, दोस्रो त्रैमासिक (अर्धवार्षिक) मूल्याङ्कन पुस १ गतेदेखि ११ गतेसम्म रहेको…
Read More
एसईई दिने दुईसय एक नक्कली परीक्षार्थी पक्राउ

एसईई दिने दुईसय एक नक्कली परीक्षार्थी पक्राउ

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने दुई सय एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङका तीनवटा परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने दुई सय एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । आज बिहीबार एक सय ९९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हिजो बुधबार दुई जना पक्राउ परेका थिए । प्रहरीले ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज ५२ जनालाई नियन्त्रणमा लिएको हो । केराबारी गाउँपालिकामा रहेको सार्वजनिक माविबाट एकसय २७ जनालाई पक्राउ गरेको छ । त्यस्तै सुन्दरहैचाको जनता माबीबाट २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको हो । सामाजिक शिक्षातर्फ परीक्षा…
Read More
रुकुम पूर्वमा सिस्नो टिप्न गएका दुई बालिका मृत भेटिए, गरगहना लुटेर हत्या गरेको आशंका

रुकुम पूर्वमा सिस्नो टिप्न गएका दुई बालिका मृत भेटिए, गरगहना लुटेर हत्या गरेको आशंका

रुकुम पूर्वमा सिस्नो टिप्न गएका दुई बालिका मृत अवस्थामा भेटिएका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढा मगर र नौ वर्षीया कालिमाया बुढा मगर आज बिहीवार बिहान मृत अवस्थामा भेटिएका हुन् । उनीहरु दुवैजना बुधवार सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । सिस्नो टिप्न गएका दिदीबहिनी नफर्किएपछि खोजी गर्दा गाउँ नजिकैको भिरमा मृत अवस्थामा भेटिएका हुन् । उनीहरूले लगाएका गरगहनाहरू लुटपाट गरेपछि हत्या भएको हुन सक्ने अनुमान गरिएको पुथाउत्तरगंगाका उपाध्यक्ष भुपेन्द्र बुढाले जानकारी दिनुभयो । सूचनापछि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।
Read More
एसईई दिएका विद्यार्थीहरुलाई नेपाल टेलिकमको सिम सित्तैमा

एसईई दिएका विद्यार्थीहरुलाई नेपाल टेलिकमको सिम सित्तैमा

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । यहि २४ गतेदेखि उपलब्ध हुने यो अफर तीनमहिना (९० दिन) सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज छ महिनासम्म उपलब्ध गराइनेछ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले…
Read More
बाँकी रहेका क्याम्पसमा चैत ३० गते स्ववियु चुनाव गर्न चार विद्यार्थी सङ्गठनबीच सहमति

बाँकी रहेका क्याम्पसमा चैत ३० गते स्ववियु चुनाव गर्न चार विद्यार्थी सङ्गठनबीच सहमति

चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले चुनाव बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यही चैत ५ गते स्ववियु चुनाव हुन नसकेका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ३० गते चुनाव गराउन सहमति गरेका छन् । सयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–“देशभरि चुनाव हुन बाँकी रहेका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा चुनाव…
Read More
एकल महिलाले जन्माएका बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने

एकल महिलाले जन्माएका बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने

एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने भएको छ । गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सातसय ५३ पालिकाका छहजार सातसय ४३ वटै वडाका पञ्जिकाधिकारीलाई बुधबार परिपत्र गरेर एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न निर्देशन दिएको हो । एकल महिलाबाट जन्मेका र पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्ने विषयमा विभागले थप प्रष्ट पार्दै मावलीकै थरबाट जन्मदर्ता गर्न वडालाई पत्राचार गरेको हो । ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए ती बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने’ विभागको परिपत्रमा भनिएको छ…
Read More
चितवनमा हुने उपनिर्वाचनको लागि आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने

चितवनमा हुने उपनिर्वाचनको लागि आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने

अब आउँदो वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनको लागि २४ जनाकै उमेदवारी कायम भएको छ । चैत २० गते उमेदवारी दिएका उमेदवारको विरोधमा चैत २१ गते उजुरी दिने समय थियो । उमेदवार रवि लामिछाने विरुद्ध चार वटा उजुरी दर्ता भएपनि तीन वटामा दाबी विरोध नपुगेको र एउटामा हेर्न नमिल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको हो । उजुरीमाथि जाँचबुझ गरी कार्यालयले हिजो (बुधबार) उमेदवारको नामावली प्रकाशन गरेको हो । आज बिहान ९ बजेदेखि १ बजेसम्म उमेदवारको नाम फिर्ता लिन सकिने निर्वाचन कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । त्यसपछि कार्यालयले दिउँसो ३…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.