रेडियो अर्पण

797 Posts
चितवनमा ५३ किलो गाँजासहित दुई जना पक्राउ

चितवनमा ५३ किलो गाँजासहित दुई जना पक्राउ

प्रहरीले चितवनमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गएराती अस्थायी प्रहरीचौकी लोथर चितवनबाट खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका– १ लोथरस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा पिप्लेबाट लोथरतर्फ जादै गरेको बा ३ च २५०४ नं. को टाटा डिआई गाडीमा लुकाइछिपाई ल्याएको ५३ किलो लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गाडी चालक भरतपुर महानगरपालिका–१६ बस्ने बर्ष ३० को अर्जुन दर्जी र गाडीमा सवार एक जना (नाबालक) रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक विजयराज पण्डितले जानकारी दिनुभयो ।
Read More
पोखरामा बस दुर्घटना, चालकसहित४२ जना घाइते, केहीको अवस्था गम्भीर

पोखरामा बस दुर्घटना, चालकसहित४२ जना घाइते, केहीको अवस्था गम्भीर

पोखरा महानगरपालिका २६ लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरा जादै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । ‘ब्रेक फेल’ भएपछि बस सडकबाट खोल्सामा खसेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा धेरैजसो पोखरा विश्वविद्यालयबाट फर्किँदै गरेका विद्यार्थी रहेका छन् ।
Read More
बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन तीन दिने भ्रमणको लागि नेपाल आउँदै

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन तीन दिने भ्रमणको लागि नेपाल आउँदै

बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियन यहि फागनु २४ गते नेपाल आउनु हुने भएको छ । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो । उहाँको नेपाल भ्रमण यहि फागुन २४ देखि २६ सम्म हुनेछ । उहाँले भ्रमणका दौरानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण हुन लागेको हो । यस क्रममा उहाँले अरुण तेस्रो परियोजना पनि अवलोकन गर्नुहुनेछ । उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको…
Read More
भरतपुरमा १९ वर्षीय एक बालिकामाथि दुव्र्यवहार

भरतपुरमा १९ वर्षीय एक बालिकामाथि दुव्र्यवहार

भरतपुर महानगरको बाइस बिघामा पसलबाट सामान किनेर घर फर्किएकी १९ वर्षीय एक बालिकामाथि बोलेरोमा सवार केहि व्यक्तिले दुव्र्यवहार गरेका छन् । बालिकाको कपाल तानेर चुडाल्ने र अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका हुन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । घटना अस्ति शुक्रबार भएको र हिजो शनिबार प्रहरी कार्यालयमा उजुरी परेको थियो । सोही उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । उक्त उजुरीमा कपाल तानेर झण्डै दुर्घटना गराएको र अपशब्द प्रयोग गरिएको कुरा उल्लेख गरिएको छ । घटना कुनै सिसि क्यामरामा कैद भएको छ कि भनेर खोज्दै गरेको र हालसम्म नभेटिएको प्रहरीले जनाएको…
Read More
आज ७३ औं प्रजातन्त्र दिवस ः काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि

आज ७३ औं प्रजातन्त्र दिवस ः काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि

आज ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्रको अवसरमा काठमाडौंको सैनिक मञ्ज टुँडिखेलमा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कुटनीतिक निकायका प्रमुखहरू लगायतको सहभागीता थियो । उक्त समारोहमा नेपाली सेनाको दुई वटा हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाउनुका साथै शहीदहरुप्रति श्रद्धापूर्ण रुपमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गरिएको थियो । नेपाली…
Read More
राष्ट्रपति भण्डारीले माफी दिएपछि रिहा भए नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी

राष्ट्रपति भण्डारीले माफी दिएपछि रिहा भए नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी

नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी रिहा हुनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित चौधरी आज प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि कैलाली कारागारबाट रिहा हुनुभएको हो । १३ वर्षको पुरानो आगजनी मुद्दामा दोषी ठहर सांसद चौधरी गत माघ १९ गते बाँकेबाट पक्राउ पर्नु भएको थियो । उहाँ २० गते कारागार चलान हुनुभएको थियो । थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ साल भदौ ३ गते ट्र्याक्टर जलाएको घटनामा २०७० साल वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र आठ लाख १८ हजार…
Read More
चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै यहि फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि मिति तय गरेको हो । आयोगले सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ ।…
Read More
खुला विश्वविद्यालयको तीनवटा डीन पदमा आवेदन खुल्यो

खुला विश्वविद्यालयको तीनवटा डीन पदमा आवेदन खुल्यो

नेपाल खुला विश्वविद्यालयको डिन सिफारिस गर्न गठित समितिले तीन वटा संकायको डिन पदमा आवेदन माग गरेको छ । डेढ वर्षदेखि रिक्त सामाजिक शास्त्र तथा शिक्षा संकाय, व्यवस्थापन तथा कानुन संकाय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायको डिन पदमा सिफारिस समितिले आवेदन माग गरेको हो । कार्यकारी परिषद्ले डिन नियुक्तिका लागि सिफारिस गर्न गत साता समिति गठन गरेको थियो । सिफारिस समितिले आवेदन दिन सम्बन्धित संकायसँग सम्बद्ध कुनै विषयमा विद्यावारिधि गरेको, विश्वविद्यालय तथा उच्च शिक्षाका क्षेत्रमा कम्तीमा १० वर्ष पूर्णकालीन प्रध्यापन गरेको, प्राध्यापक वा सह–प्राध्यापक पदमा बहाल रहेको हुनुपर्ने मुख्य मापदण्ड तोकेको छ । त्यसैगरी संकायलाई प्राज्ञिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व…
Read More
चितवनको सामुदायिक वनमा मृत गैंडाको अवषेश भेटियो, चालु आर्थीक वर्षमा मरे ११ गैंडा

चितवनको सामुदायिक वनमा मृत गैंडाको अवषेश भेटियो, चालु आर्थीक वर्षमा मरे ११ गैंडा

चितवनको रत्ननगर नगरपालिका वडा नं. ११ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रको भेल्लरको झाडीमा मृत गैंडाको अवषेश भेटिएको छ । चर्तुमुखी समुदायिक वनको सिमा क्षेत्रमा खगेडी खोलाको नजिकै अन्दाजी ८ देखि १० वर्षको मृत गैंडाको अवषेश भेटिएको डिजिजन बन कार्यालय चितवनले जनाएको छ गैंडा अन्दाजी तीन महिना अगाडि मरेको हुनसक्ने पशु चिकित्सकको टोलीले जनाएको छ । चालु आर्थीक बर्षमा निकुञ्ज क्षेत्रमा ११ बटा गैंडा मरिसकेका छन् ।
Read More
भारतको बीबीसी कार्यालयमा आयकर विभागले गर्यो तीन दिनसम्म खानतलासी

भारतको बीबीसी कार्यालयमा आयकर विभागले गर्यो तीन दिनसम्म खानतलासी

भारतमा रहेको बीबीसीको कार्यालयमा आयकर विभागले तीन दिनसम्म खानतलासी गरेको छ । भारतीय आयकर विभागका अधिकारीले नयाँ दिल्ली र मुम्बईमा रहेको बीबीसी कार्यालयमा मंगलबार, अस्ति बुधवार र हिजो बिहिवार गरी तीन दिनसम्म निरन्तर खानतलासी गरेका हुन् । बीबीसीले बेलायतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा वृत्तचित्र प्रसारण गरेको केही हप्तापछि बीबीसीको भारतमा रहेको कार्यालयमा आयकर विभागले खानतलासी गरेको हो । वृत्तचित्र सन् २००२ मा गुजरातमा भएका मुस्लिमविरोधी हिंसामा मोदीको भूमिकामा केन्द्रित छ । त्यसबेला मोदी गुजरातको मुख्यमन्त्री हुनुहुन्थ्यो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.