रेडियो अर्पण

797 Posts
ग्यास सिलिण्डर विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

ग्यास सिलिण्डर विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

खाना पकाउने ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारको लागि भारतको मुम्बई लगिएको छ । फोक्सोमा नै असर गरेकाले चिकित्सकले सुुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएपछि उहाँलाई थप उपचारका लागि भारतको श्री एयरलाइन्सको विमानमार्फत चिकित्सकको टोलीसहित मुम्बई लगिएको हो । अब भण्डारीको उपचार मुम्बईको नेशनल बर्न सेन्टरमा हुनेछ । भण्डारीको शरीर ३० प्रतिशत जलेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उहाँको दुवै हात गोडा र अनुहार जलेको छ । बुद्धनगरस्थित निवासमा हिजो बुधबार राति करिब १० बजे ग्यास लिक भएको थाहा पाएपछि आमा हरिकला पुगेको समयमा उक्त विस्फोट भएको थियो । सोही क्रममा आमालाई बचाउन…
Read More
दाङमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई घाइते, एकको अवस्था गम्भिर

दाङमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई घाइते, एकको अवस्था गम्भिर

दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आउनभएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर–१६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने क्रममा सिलिन्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ । खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप…
Read More
म्याद नाघेका २७ सय कार्टुन बियर बरामद

म्याद नाघेका २७ सय कार्टुन बियर बरामद

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा म्याद नाघेका विभिन्न ब्राण्डका २७ सय कार्टुन बियर जफत भएको छ । बजार अनुगमन टोलीले बजार निरिक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य अवधि सकिएको बियर बरामद गरेको हो । विभागका अनुसार निरीक्षण अधिकृत टोलीले हिजो बुधबार टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर, गोर्खा ब्राण्डका करिब तीन सय ५५ कार्टुन नियन्त्रणमा लिएको छ । उक्त ब्राण्डका करिब १३ लाख ९० हजार रुपैयाँको बियर सिनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रालिको गैह्रीगाउँस्थित गोदाममा भण्डारण गरिएको अवस्थामा फेला परेको विभागले जनाएको छ । मिति गुज्रिएको बियर बिक्री गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइएको र गोदाम शिलबन्दी पनि गरिएको छ ।…
Read More
चितवनबाट विस्तार हुँदै चैते धानखेती

चितवनबाट विस्तार हुँदै चैते धानखेती

चितवन जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार भएको हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा यसवर्ष सात हजार आठ सय हेक्टर पुगेको हो । जिल्लाको भरतपुर महानगरपालिकाका केही क्षेत्र, खैरहनी र माडी नगरपालिकामा चैते धान खेती हुँदै आएको कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा छ हजार चार सय हेक्टर क्षेत्रफल र माडी नगरपालिकामा एक हजार चार सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लामा…
Read More
यातायात मजदुरको प्रदर्शनमा प्रहरीको गाडी आगजनी गर्ने र मोबाइल पसल लुटपाटमा संलग्न अहिलेसम्म ३८ जना पक्राउ

यातायात मजदुरको प्रदर्शनमा प्रहरीको गाडी आगजनी गर्ने र मोबाइल पसल लुटपाटमा संलग्न अहिलेसम्म ३८ जना पक्राउ

गत आईतबार यातायात मजदुरको प्रदर्शनका क्रममा नयाँ बसपार्क र माछापोखरीमा भएको प्रहरीको गाडी आगजनी र मोबाइल पसल लुटपाटमा संलग्नहरू हालसम्म ३८ जना पक्राउ परेका छन् । घटनास्थलको फुटेज हेरेर काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले मोबाइल पसल लुटपाटमा संलग्न ११ जना तथा आगजनी र तोडफोडमा संलग्न २७ जनालाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरको टोलीले बुधवार आगजनी र तोडफोडमा संलग्न छ जना र मोबाइल पसल लुटपाटमा चार जनालाई सार्वजनिक गरेको छ । परिसरको टोलीले बिहीबार आगजनी र तोडफोडमा संलग्न थप नौ जना र लुटपाटमा संलग्न थप चार जना पक्राउ गरेर म्याद थप्ने तयारी गरेको छ ।…
Read More
ग्यास सिलिण्डर विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी, ८६ वर्षीया आमाको निधन

ग्यास सिलिण्डर विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी, ८६ वर्षीया आमाको निधन

खाना पकाउने (एलपी) ग्यासको सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी जलेर घाइते हुनुभएको छ । गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका भण्डारी सहित उहाँकी ८६ वर्षीया आमा हरिकला भण्डारी पनि जलेर घाइते हुुनुभएको थियो । तर, आमाको भने आज बिहान १० बजेर ५७ मिनेट जादा कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा हिजो बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट भएको हो । उक्त विस्फोटमा दुवै जनालाई तत्काल उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याइएको थियो । आगोले जलेर नेता भण्डारीको शरीरको २५ प्रतिशत भागमा असर पु¥याएको अस्पतालले जनाएको छ…
Read More
चितवनको राप्ती नगरपालिकामा जनतासँग मेयर कार्यक्रम सुरू

चितवनको राप्ती नगरपालिकामा जनतासँग मेयर कार्यक्रम सुरू

पूर्वी चितवनको राप्ती नगरपालिकाले जनतासँग मेयर कार्यक्रम सुरूआत गरेको छ । नगरवासीका गुनासा र समस्या सुन्दै प्रभावकारी काम कार्यान्वयनका लागि सो कार्यक्रम थालिएको नगरपालिकाले जनाएको छ । राप्तीका १३ वटै वडामा छुट्टाछुट्टै कार्यक्रम गरी स्थानीयवासीका गुनासा, समस्या सङ्कलन गर्दै समाधानको काम गर्ने गरी कार्यक्रम सुरू गरिएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताउनुभयो । कतिपय नगरवासी वडा, नगरसम्म पुग्न र आफ्नो समस्या राख्न नसक्ने रहेको भन्दै उहाँले उनीहरुका गुनासा, समस्या सुन्दै योजनाबद्ध रुपमा काम गर्ने नगरको लक्ष्यका साथ कार्यक्रम थालिएको जानकारी दिनुभयो । राप्ती –३ को प्रतापपुरबाट सो कार्यक्रमको सुरूआत गरिएको छ । कार्यक्रममा वडावासीले रासायनिक मल र फोहर व्यवस्थापनमा जनप्रतिनिधिले…
Read More
कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

कलाकार पवन खतिवडालाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ । ‘म्याकुरी’का नाममा चिनिँदै आउनुभएका कलाकार खतिवडाले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मोरङ प्रहरीकाका अनुसार उहाँमाथि थप अनुसन्धान भइरहेको छ । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कुटपिट घटनापछि दुवैलाई गएराति पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ । पक्राउ पर्नुभएका कलाकार खतिवडाले मादक पदार्थ सेवन गरी झगडा गरेको आरोप लगाइएको छ । बेलबारीकै एक होटलमा मादक पदार्थ पिएका…
Read More
जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते, दुईको अवस्था गम्भिर

जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते, दुईको अवस्था गम्भिर

मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको बस कालिगण्डकी नदीमा खस्दा दुई भारतीयसहित १७ जना यात्रु घाइते भएका छन् । बेनी–जोमसोम कोरला सडक अन्तर्गत थासाङ गाउँपालिका–३ धम्पुमा बिहान ना ७ ख ७४४० नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । बस करिब ४५ मिटर तल खसेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको बताइएको छ ।
Read More
गैंडाकोटका मेयरले गरे पत्रकार आचार्यमाथि दुव्र्यवहार, पत्रकार महासंघद्वारा निन्दा

गैंडाकोटका मेयरले गरे पत्रकार आचार्यमाथि दुव्र्यवहार, पत्रकार महासंघद्वारा निन्दा

ग्यालेक्सी फो के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्य (डायमण्ड) लाई नवलपुरको गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले कार्यकक्षममै दुव्र्यवहार गर्नुभएको छ । नवलपुरको गैंडाकोट नगरपालिका ६ र ७ स्थित नारायणी नदी किनारमा भइरहेको उत्खनन् र डम्पिङ्ग भइरहेको, नगरपालिकाको फोहोर फाल्न नारायणी किनार गएका सवारी साधनले ढुंगागिटी बालुवा ओसारेर फर्किने गरेको र प्रहरीले समातेपछि पनि फेरि छाडिएको भन्ने जनगुनासो आएपछि ग्यालेक्सी फो के टेलिभिजन (सिधा कुरा प्रयोजन)का रिर्पोटिङ्गमा पुग्नुभएका आचार्यमाथि मेयरले कार्यकक्षमै दुव्र्यवहार गर्नुभएको हो । आचार्यले आफ्नो फेसबुक पेजमा एउटा भिडियो अपलोड गर्दै आफुमाथि भएको दुव्र्यवहार खुलाउनुभएको हो । मेयरले दुव्र्यवहार गरेपछि पत्रकार महासंघ चितवन शाखाले घटनाको निन्दा गर्दै विज्ञप्ति जारी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.