रेडियो अर्पण

797 Posts
भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्यो

भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्यो

भरतपुर अस्पतालमा पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै गएको छ । अस्पतालमा सेवा, सुविधा र उपकरण पनि थपिँदै गएका छन् ।सोही कारण उक्त अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको छ । एकैवर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो । अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवा लिन आउने जनाइएको छ । छ सय शय्याको यो अस्पताल सङ्घीय अस्पताल हो । चितवनसहित छिमेकी २१ जिल्लाबाट उक्र अस्पतालमा बिरामी आउने गर्दछन् । आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् । अस्पतालमा बीमा सुरु भएयता रु एक अर्बभन्दा बढी रकम…
Read More
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

दुई देशबीच साझेदारीको व्यापक समीक्षा हुँदै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । उक्त बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा सात–सात जनाको टोली उपस्थित थियो । भारतीय विदेश सचिव क्वात्रा दुईदिने औपचारिक भ्रमणका लागि आज सोमबार नै काठमाडौं उत्रिनुभएको हो । उहाँलाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । त्यसलगत्तै उहाँहरु रु याक एन्ड यति होटलमा द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा आइपुगेको परराष्ट्र…
Read More
लुम्बिनीकी पूर्वमन्त्री खत्रीद्धारा माओवादी केन्द्र परित्याग

लुम्बिनीकी पूर्वमन्त्री खत्रीद्धारा माओवादी केन्द्र परित्याग

लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला कुमारी खत्री वलीले माओवादी केन्द्र परित्याग गर्नुभएको छ । उहाँले यहि माघ २४ गते माओवादी केन्द्र जिल्ला समन्वय कमिटी दाङका अध्यक्ष सुवास पुनसमक्ष राजीनामा बुझाउनुभएको हो । खत्रीले लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन आफूले ठूलो भूमिका खेले पनि अन्त्यमा पार्टीले ‘युज एण्ड थ्रो’ गरेको गुनासो गर्नुभएको छ । दाङ ३ (ख) बाट निर्वाचित एमाले प्रदेशसभा सदस्य तथा खत्रीका श्रीमान् उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि उहाँ उपनिर्वाचनमा प्रदेशसभा सदस्यको टिकट पाएर विजयी हुनुभएको थियो । पछि सरकार निर्माणका क्रममा उहाँले माओवादी केन्द्रलाई साथ दिएर शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न भूमिका खेल्नुभएको थियो । पछि माओवादीका…
Read More
सुर्खेतमा आन्दोलनकारीसँगको झडपमा प्रहरी घाइते, चार राउण्ड अश्रुग्यास प्रहार

सुर्खेतमा आन्दोलनकारीसँगको झडपमा प्रहरी घाइते, चार राउण्ड अश्रुग्यास प्रहार

सुर्खेतमा एक महिलाको दुर्घटनामा परी मृत्यु भएको विषयमा भएको प्रदर्शनका क्रममा आज सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । झडप नियन्त्रण गर्न प्रहरीले चार राउन्ड अश्रुग्यास हानेको छ । प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पु¥याएको थियो । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडप हुँदा आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो । मृतकका परिवार र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा विहानैदेखि वार्ता भैरहेको छ । केही भट्काउ समूहले उग्रता मच्चाएपछि ठुलो मात्रामा प्रहरी परिचालन…
Read More
टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण टर्कीमा २९ हजार छ सय पाँच र सिरियामा तीनहजार पाँचसय ७४ जनाको ज्यान गएको पुष्टि भएको छ । एकलाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । भुकम्पमा अझै कयौं बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको छ । भूकम्प गएको एक हप्ता भइसक्दा पनि हराइरहेका धेरैजसो भेटिएका छैनन् । तर, यस बीचमा कतिपयको भने जीवितै उद्धार भइरहेको छ । अत्यधिक चिसो र भग्नावशेषमा पुरिएकाले जीवित भेटिने सम्भावना कम भइरहेका बेला पनि कतिपयको…
Read More
छ महिनाका लागि बेल्जियमका जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त

छ महिनाका लागि बेल्जियमका जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त

बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त हुनुएको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उहाँ राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएको नेपाल भलिबल संघले जनाएको छ । उहाँ छ महिनाको लागि मात्रै नेपालको प्रशिक्षक नियुक्त हुनुभएको हो । उहाँको कार्यकाल मार्चदेखि अगष्टसम्म हुनेछ । छ महिनाका लागि मात्र नेपाल आउने उहाँले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिनुहुनेछ । जानले आगामी सेप्टेम्बरमा हुने एसियन गेम्ससम्म नेपालको प्रशिक्षकको रुपमा काम गर्नुहुनेछ । तर एसियन गेम्सको बेला भने उहाँ फर्किनुहुनेछ भने नयाँ प्रशिक्षक आउने छन् । जान फर्केपछि हान अबिङ एसियन गेम्सको लागि आउनुहुनेछ । हानले…
Read More
नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेपमा २२ टनभन्दा बढी राहत सामग्रीहरु पठाएको छ । उक्त सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु रहेका छन् । ति सामग्रीहरु आज दिउँसो टर्की पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत सोमबार गएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ । टर्की र सिरियामा गरी करिब ३० हजार जना मानिसको मृत्यु भइसकेको जनाइएको छ । त्यस लगत्तै यहि माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।
Read More
जनयुद्ध दिवसमा बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायद्धारा काठमाडौंमा प्रदर्शन

जनयुद्ध दिवसमा बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायद्धारा काठमाडौंमा प्रदर्शन

सरकारले आज फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौं जिल्ला अदालत अगाडि भेला भएर द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् । विरोध प्रदर्शन कार्यक्रममा मानवअधिकारकर्मी सुशील प्याकुरेलले जनयुद्ध दिवस भनेर बिदा दिनु ज्यादती भएको बताउनुभएको छ । कुनै पार्टीले हिंसा सुरु गरेको दिनलाई, अथवा क्रान्ति सुरु गरेको दिनलाई मनाउने मैले आजसम्म विश्वमा कतै देखेको छैन’–उहाँले भन्नुभयो– ‘‘जनयुद्ध सुरु त प्रचण्डलाई प्रधानमन्त्री बनाउन मात्र गरिएको रहेछ । आज लोकतान्त्रिक भनिएका पार्टीहरुको…
Read More
चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन आजैवाट काम सुरु, चैत २० गते उम्मेदवारी दर्ता

चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन आजैवाट काम सुरु, चैत २० गते उम्मेदवारी दर्ता

चितवन–२ मा अब आउँदो वैशाख १० गते हुन गईरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैवाट काम सुरु गरेको छ । हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्याबधिक गरेर आज देखी नै काम सुरु गरेको हो । आयोगले सार्बजनिक गरेको तालिका अनुसार आज फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नामावलीमा अद्याबधिक गर्ने कार्य हुनेछ । त्यस्तै अब आउँदो चैत २० गते उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । त्यसको भोलिपल्ट अर्थात चैत २१ ग्ते उम्मेदवारको मनोनयन माथी बिरोधमा उजुरी लिने तथा सो मनोनयन पत्र र उजुरीउपर छानबिन गरी सोही दिन निर्णय दिने आयोगले जनाएको छ ।…
Read More
चितवनको सौराहामा हिजोदेखि फुड फेस्टिबल सुरु

चितवनको सौराहामा हिजोदेखि फुड फेस्टिबल सुरु

चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटक भित्र्याउन हिजो आइतबार देखि फूड फेस्टिबल सुरु भएको छ । प्रणय दिबसको अबसर पारेर रेष्टुरेन्ट एण्ड बार एशोसियसन रेवान सौराहाले फेस्टिबल आयोजना गरेको हो । प्रणय दिबस मनाउन आन्तरिक पर्यटकहरु सौराहामा जान थालिसकेका छन् । सौराहाका अधिकांस होटलहरु भरिएका छन् । भोली अर्थात् फागुन २ गते पर्ने प्रणय दिबसमा सौराहामा पर्यटकहरु खचाखच हुन्छन् । अघिकाँस होटल बुकिङ भइसकेका छन् । सौराहामा विदेशी पर्यटकको संख्या पनि उत्तिकै छ । गन्तव्य घुम्न आएका विदेशी पर्यटकहरुले सौराहामै प्रणय दिबस मनाउछन् । सौराहा अहिले आन्तरिक पर्यटकले भरिएको छ । हिजो आइतबार मात्र सौराहामा दुईहजार पर्यटक भित्रिएको फेस्टिबलका संयोजक ध्रुव…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.