रेडियो अर्पण

797 Posts
लुम्बिनीकी बिना विभागीय मन्त्री कृष्णा केसीद्धारा राजीनामा

लुम्बिनीकी बिना विभागीय मन्त्री कृष्णा केसीद्धारा राजीनामा

लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले आज बिहान राजीनामा दिनुभएको छ । माओवादी केन्द्रका नेतासमेत रहनुभएकी मन्त्री केसीले बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाउनुभएको हो । मुख्यमन्त्री निकट स्रोतका अनुसार मन्त्रालयको भागबण्डाको विषयलाई लिएर मन्त्री केसीले राजीनामा दिनुभएको हो । मन्त्री बन्नुभएकी केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दावी गर्नुभएको थियो । तर उहाँलाई आन्तरिक मामिला, कानुन मन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको स्रोतले बताएको छ । आफूले पाउनुपर्ने मन्त्रालय नपाएको भन्दै पार्टीभित्र असन्तुष्टि जनाएर मन्त्री पदबाट केसीले राजीनामा दिएको माओवादी निकट स्रोतले बताएको छ । भौतिक पूर्वाधार मन्त्रालय माओवादीकै इन्द्रजित थारुलाई दिने मुख्यमन्त्रीको तयारी छ । माओवादीका नेता…
Read More
सौराहामा सेफ्टी ट्याङ्कीमा फँसेको गैँडाको जीवितै उद्धार

सौराहामा सेफ्टी ट्याङ्कीमा फँसेको गैँडाको जीवितै उद्धार

पूर्वीचितवनको पर्यटकीय नगरी सौराहामा सेफ्टी ट्याङ्कीमा फँसेको एउटा गैँडाको जीवितै उद्धार गरिएको छ । आहाराको खोजीमा बस्तीमा छिरेको उक्त गैँडा सौराहास्थित रिभर भ्यू जङ्गल क्याम्प र हनी हाउसले संयुक्तरुपमा प्रयोग गर्ने गरेको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेको थियो । राती करिब दुई बजे सेफ्टी ट्यांकीमा फँसेको उक्त गैँडाको बिहान साढे ४ बजेतिर उद्धार गरिएको निकुञ्जको सौराहा सेन्टरले जनाएको छ ।सेफ्टी टयांकीमा फँसेको सो गैँडालाई सुरक्षित तरिकाले जेसीवीको प्रयोग गरी उद्धार गरिएको थियो । राष्ट्रिय निकुञ्ज, सौराहाका नेचरगाइड र स्थानीय व्यवसायीको पहलमा गैंँडाको उद्धार गरिएको थियो । अन्दाजी १६ बर्षको उक्त गैँडालाई निकुञ्जले दुई वर्षअघि मेघौलीबाट उद्धार गरी ल्याएको थियो । उक्त…
Read More
‘भ्यालेन्टाइन डे’ का लागि झकिझकाउ बन्यो चितवनको सौराहा

‘भ्यालेन्टाइन डे’ का लागि झकिझकाउ बन्यो चितवनको सौराहा

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी चितवनको सौराहामा भ्यालेन्टाइन विशेष खाना महोत्सव आयोजना हुने भएको छ । पर्यटकलाई आकर्षित गर्न रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाले यही माघ २९ अर्थात् भोलीदेखि फागुन २ गतेसम्म खाना महोत्सव आयोजना गर्ने भएको हो । भ्यालेन्टाइन डे मनाउन परिवार तथा प्रेमिल जोडीको स्वागतका लागि व्यवसायीहरूले सौराहालाई झकिझाउ पारेर सिँगारेका छन् । स्थानीय उत्पादनका सामग्रीले सौराहा सिँगारिएको छ । सौराहाको हात्तीचोकदेखि गैँडाचोकसम्म डाली र लाइट राखेर सौराहालाई झिलिमिली बनाइएको छ । चितवनमा घुम्ने, बस्ने र रमाउन सकिने ठाउँ र व्यवस्था छ भन्न कार्यक्रम आयोजना गरिएको बताइएको छ । भ्यालेन्टाइन डे मनाउन अन्त जान नपर्ने गरी…
Read More
दूधको मूल्य बढाउन माग गर्दै सिडिओलाई चितवनका किसानको ध्यानाकर्षण पत्र

दूधको मूल्य बढाउन माग गर्दै सिडिओलाई चितवनका किसानको ध्यानाकर्षण पत्र

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध कृषक तथा व्यवसायीलेहरुले हिजो शुक्रबार जिल्ला प्रशासन कार्यालयमै पुगेर चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संघले बुझाएको ध्यानाकर्षण पत्रमा पशु आहार तथा चोकरको मूल्य बृद्धि भएर पशुपालक कृषक पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको भन्दै संघले तत्काल लागतको आधारमा दूधको मूल्य बृद्धि गर्नुपर्ने माग राखेको छ । चितवनमा दैनिक तीन लाख पचास हजार लिटर दूध उत्पादन हुने र उत्पादनको ४५ प्रतिशत जिल्लामै खपत हुने तथा बाँकी ५५ प्रतिशत काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्कीलगायतका जिल्लामा निर्यात हुँदै आएको छ । पशु आहारमा भएको मूल्यबृद्धिले पशुपालक किसान पेसाबाटै पलायन हुने अवस्था…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री शाह र दुई मन्त्रीद्वारा शपथ ग्रहण

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र दुई मन्त्रीद्वारा शपथ ग्रहण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रवार प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाअनुसार हिजो बिहीवार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त हुनुभएको हो । गत पुस २७ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनुभएको हो । रावललाई यसअघि समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएन । यसैबीच नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार मन्त्री र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त हुनुभएको छ ।…
Read More
अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने सहमति

अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने सहमति

फौजदारी अपराधको आरोपमा पक्राउ परेका सांसदलाई निलम्बन नगर्ने प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सहमति जुटेको छ । आज शुक्रबार बसेको समितिको बैठकमा अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने विषयमा सहमति जुटेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीको विरोधका बीच सांसदको सेवा सुविधा स्थगित हुने गरी पद कायम रहनेमा सहमति जुटेको हो । राप्रपा र जसपालगायतका मधेसवादी दलहरू भने कसुर पुष्टि नभएसम्म सांसद पद निलम्बन गर्न नहुने अडानमा थिए । मस्यौदामा जुटेको सहमतिअनुसार नियमावाली संसद्बाट पारित भएमा पुर्पक्षमा थुनामा गएका सांसदले समेत संसद्को लोगो लगाउन पाउनेछन् ।
Read More
आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप आजबाट शुरु हुँदै

आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप आजबाट शुरु हुँदै

दक्षिण अफ्रिकामा आयोजना हुने आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैछ । केपटाउनको न्युल्याण्ड्समा हुने खेल नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुनेछ । उक्त खेलमा समूह ए मा रहेको आयोजक दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दुई देशबीच भएको पछिल्लो पाँच टी–ट्वान्टी अन्तराष्ट्रियमा दक्षिण अफ्रिका पाँच खेलमा नै अपराजित छ । खेलमा सहभागी हुने १० टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ । शीर्ष दुई टोली सेमिफाईनल प्रवेश गर्ने छन् । समूह ए मा आयोजक दक्षिण अफ्रिका, साबिक बिजेता अष्ट्रेलिया, श्रीलंका, बंगलादेश र न्युजिल्याण्ड छन् । समूह बी मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट…
Read More
भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा विदेशबाट गुलाब फूल ल्याउन प्रतिबन्ध

भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा विदेशबाट गुलाब फूल ल्याउन प्रतिबन्ध

सरकारले विदेशबाट गुलाबको फूल ल्याउन प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन डे’नजिकिँदै गर्दा सरकारले नेपाल, भारत तथा चीन सीमाका १५ भन्सार कार्यालयका कार्यालयहरूलाई पत्राचार गर्दै गुलाबको फूल आयातमा रोक लगाएको हो । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एक सूचना निकालेर गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । फूलसँगै रोगका किरा वा जीवाणु आउने सम्भावना रहेकाले वनस्पतिजन्य रोगको जोखिमले तत्कालका लागि गुलाबको आयात रोक लगाएको केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले बताउनुभयो । अर्को व्यवस्था नभएसम्म आयात अनुमति पत्र जारी नगर्न सबै कार्यालयलाई पत्रसमेत पठाएको उहाँको भनाई छ । केन्द्रले काँकडभिट्टा, भण्टावारी, विराटनगर,…
Read More
चितवनमा दुई मोटरसाइकल ठक्कर खाँदा खैरहनीका बस्यालको ज्यान गयो

चितवनमा दुई मोटरसाइकल ठक्कर खाँदा खैरहनीका बस्यालको ज्यान गयो

पूर्वपश्चिम राजमार्गको रत्ननगर–९,टिकौली जङ्गलमा हिजो बिहीबार बेलुकी साढे आठ बजेको समयमा विपरीत दिशाबाट आएका दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना१६ प १७२७ नम्बरको मोटरसाइकल र भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना२१ प ७२५ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परि ना२१ प ७२५ नम्बरको मोटरसाइकलका चालक खैरहनी–१ बस्ने ४४ वर्षीय राजेश बस्याल घाइते भई उपचारार्थ भरतपुर अस्पताल पठाइएकोमा हिजो बिहीबार बेलुकी ८ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ना१६ प १७२७ नम्बरको मोटरसाइकल चालक कालिका–६ बस्ने दिवस श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ…
Read More
निमावि तहमा एक हजार ५६ शिक्षकको माग

निमावि तहमा एक हजार ५६ शिक्षकको माग

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुला गरेको छ । आयोगले आज शुक्रबार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि विज्ञापन खुला गरेको हो । आयोगले नेपाली विषयको लागि ६५ रिक्त पदमा, अंग्रेजी विषयको लागि एकसय १६ रिक्त पदमा, गणित विषयको लागि एकसय ४४ रिक्त पदमा, विज्ञान विषयको लागि दुईसय ८२ रिक्त पदमा देशभरबाट आवेदन माग गरेको छ । त्यस्तैगरी सामाजिक विषयमा ८९ जना शिक्षक, गणित÷विज्ञानमा तीनसय ५१ जना शिक्षक, शुक्लयजुर्वेद विषयका लागि एक जना, संस्कृत व्याकरणको लागि तीन जना, संस्कृत भाषाका लागि चार जना र संस्कृत कर्मकाण्ड…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.