क्यानले घटायो करारमा राख्ने महिला क्रिकेटरको संख्या
नेपाल क्रिकेट संघ क्यानले करारमा राख्ने महिला क्रिकेटरको संख्या घटाएको छ । यसअघि पुरुष र महिला दुवैतर्फ १८ जना खेलाडीलाई करारमा राखेको भए पनि यसपालि भने करारमा छ महिला खेलाडी कटौती गरिएको छ । पोखरामा बसेको क्यानको बोर्ड बैठकले १८ जना पुरुष खेलाडी र १२ महिला खेलाडीलाई छ महिनाका लागि करारमा राख्ने निर्णय गरेको छ । क्यानको करारमा परेका महिला खेलाडीमा ग्रेड ए र बी मा समान तीन जना रहेका छन् भने ग्रेड सी मा छ जना रहेका छन् । ग्रेड एमा कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर र इन्दु बर्मा कायम छन् । त्यस्तै गरी काजल श्रेष्ठ बी मा…