रेडियो अर्पण

797 Posts
गैंडाकोटको प्रहरी प्रमुखमा प्रहरी निरीक्षक पौडेल

गैंडाकोटको प्रहरी प्रमुखमा प्रहरी निरीक्षक पौडेल

इलाका प्रहरी कार्यालय गैंडाकोटको प्रमुखको जिम्मेवारी प्रहरी निरीक्षक रीता पौडेलले सम्हाल्नुभएको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरबाट काजसरुवा भै गैंडाकोट पुग्नुभएकी प्रहरी निरीक्षक पौडेलले हिजो मंगलबारदेखि जिम्मेवारी सम्हाल्नुभएको हो । नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय बर्दियाको दरबन्दीमा रहनुभएकी पौडेल नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत प्रहरी हुनुहुन्थ्यो । जिम्मेवारी सम्हाल्दै प्रहरी निरीक्षक पौडेलले गैंडाकोट क्षेत्रको शान्तिसुरक्षामा कुनै कमी हुन नदिने बताउनुभएको छ । उहाँले समुदाय–प्रहरी साझेदारीमा नै शान्तिसुरक्षासँगसँगै विकृति र विसंगति न्यूनीकरणलाई प्राथमिकता दिने उहाँको भनाई छ । निरीक्षक पौडेल (आइपिएस) तालिम प्राप्त प्रहरी २०७४ सालमा प्रहरी सेवामा प्रवेश गर्नुभएको हो ।उहाँले गैंडाकोट लागुऔषधको मुख्य नाकाको रुपमा देखिएको बताउँदै त्यसलाई रोक्न…
Read More
आईओएमका आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप

आईओएमका आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान(आईओएम) का आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको छ । चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टेल सुधार समूहको संयुक्त आन्दोलनमा आईओएम प्रशासनले प्रहरी प्रशासनको बलमा हस्तक्षेप गरेपछि झडप भएको विद्यार्थीले जनाएका छन् । डिन कार्यालयमा विद्यार्थीले लगाएको ताला प्रशासनले तोडेपछि दुई पक्षबीच झडप भएको अभियानका केन्द्रीय संयोजक मनिष भट्टराईले बताउनुभएको छ । यसअघि पनि प्रशासनले विद्यार्थीहरूलाई धम्क्याउँदै आएको उहाँको भनाई छ । चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले विभिन्न माग राखेर अनशनलगायतका आन्दोलन गर्दै आएको थियो । आन्दोलनरत विद्यार्थीहरुको कलेज प्रशासन, होस्टेल समिति र छात्रावास विद्यार्थीहरूको बीचमा रहेको तिक्तता तत्काल समाधान हुनुपर्ने माग छ…
Read More
संसद भवनअघि इलामका आचार्यले गरे आत्महत्याको प्रयास

संसद भवनअघि इलामका आचार्यले गरे आत्महत्याको प्रयास

संघीय संसद भवनअगाडि आज मंगलबार दिउँसो इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गर्नुभएको छ । बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गर्नुभएको हो । आचार्यलाई प्रहरीले उद्धार गरेर कीर्तपुरस्थित बर्न अस्पताल लगेका थिए ।
Read More
बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्प

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्प

नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु बनाएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ । भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ । भूकम्पको क्षति बारे विवरण प्राप्त भइसकेको छैन ।
Read More
वागमती प्रदेशमा अब ११ मन्त्रालय रहने

वागमती प्रदेशमा अब ११ मन्त्रालय रहने

वागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउनको लागि संख्या निर्धारण गर्न बनेको कार्यदलले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनका लागि १५ दिने समय सीमा तोकेर पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदभार ग्रहण गरेलगत्तै मुख्यसचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल निर्माण गरेको थियो । कार्यदलले हाल कायम रहेको १४ मन्त्रालयबाट तीनवटा मन्त्रालय मर्ज गरेर ११ मन्त्रालयको सुझावसहितको रहने गरी मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले कार्यदलले पेश गरेअनुसार अब प्रदेशमा ११ मन्त्रालय हुने बताउनुभयो । आजैको मन्त्रिपरिषद् बैठकले प्रतिवेदनले पेश गरेअनुसार ११ मन्त्रालय कायम गर्ने निर्णय गर्ने उहाँको भनाई रहेको छ । बागमती प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषदको…
Read More
मकवानपुरमा दुई पुरुष मृत अवस्थामा फेला

मकवानपुरमा दुई पुरुष मृत अवस्थामा फेला

मकवानपुरमा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको कैलाश गाउँपालिका– ६ पकने र हेटौँडा उपमहानगरपालिका– १८ मा गरी दुईजना पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले सोमबार कैलाश गाउँपालिका– ६ पकने मराङसिङमा धादिङ गजुरी गाउँपालिका– ४ भूमिढुंगाका २२ वर्षीय शंकर तामाङ रहेको बताएको छ। तामाङ स्थानीय वीरबहादुर ब्लोनको बारीमा मृत अवस्थामा फेला परेको जनाइएकाृ छ । त्यस्तै, हेटौँडा १८ गुम्बाडाँडामुनि रहेको खोल्सामा परिचय खुल्न नसकेका अन्दाजी ४०–४५ वर्षका एकजना पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
Read More
सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको एक लाख छ हजार

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको एक लाख छ हजार

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज मंगलबार प्रतितोला एकलाख छ हजार तीन सय रुपैयाँ पुगेको हो । हिजो सोमबार एकलाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उच्च मूल्यमा कारोबार भएको छ । महासंघका अनुसार यसअघि सुनको सबैभन्दा धेरै मूल्य गत वर्ष फागुनमा प्रतितोला एकलाख पाँचहजार रुपैयाँ पुगेको थियो । अहिले सुनको मूल्यले त्यो रेकर्ड पनि तोडेको हो । चाँदीको मूल्य भने घटेको छ । हिजो सोमबार एकहजार तीनसय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज मंगलबार एकहजार तीनसय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।
Read More
प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन

प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन

प्रतिनिधिसभाले प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ । प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको घोषणा गर्नुभएको हो । समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहनुभएको छ । प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव आज मंगलबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मतले पारित गरेको छ । यो समितिलाई १५ दिनको समय तोकिएको…
Read More
सरकारको वेवास्ताले चितवनका ‘वर्डफ्लु’ पीडित किसानको समस्या ज्यु का त्युः अझै पाउन सकेनन् राहत

सरकारको वेवास्ताले चितवनका ‘वर्डफ्लु’ पीडित किसानको समस्या ज्यु का त्युः अझै पाउन सकेनन् राहत

गत वैशाखमा कुखुरामा बर्डफ्लु देखिएपछि पूर्वी चितवनको ज्यामीरेका व्यवसायी अर्जुन अर्यालको खोरमा रहेका कुखुरा, अण्डा, दाना, क्रेट र औषधि सबै नष्ट गरियो । खोरका बिभिन्न उमेरका एक लाख १४ हजार छ सय ८८ कुखुरा, एक लाख ३० हजार गोटा अण्डा, १३ हजार पाँच सय किलो दाना, ५२ हजार क्रेटसँगै औषधिलगायतका सामग्रीलाई सरकारी निकायबाट नष्ट गरिएको थियो । सरकारले विगतमा झै राहत दिने आशामा अर्यालले केही महिना खोर खाली गरेर कुखुराका चल्ला राख्नुभयो । उहाँको हिसाबमा सरकारले राहतवापत रु आठ करोड हाराहारी दिनुपर्ने हुन्छ । त्यहीअनुसार खोरमा उहाँले एक लाख २२ हजार कुखुरा राख्नुभयो । केही ऋण बैंकले थप्यो । केही…
Read More
सिडिओ तामाङलाई चितवनका माछा व्यवसायीद्धारा विदाई

सिडिओ तामाङलाई चितवनका माछा व्यवसायीद्धारा विदाई

सरुवा भएर गृहमन्त्रालय जान लाग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङलाई जिल्लाका माछा व्यवसायीले बिदाई गरेका छन्। हिजो सोमबार सिडिओकै कार्यकक्षमा पुगेर माछा व्यवसायीले बिदाई गर्नुका साथै आगामी कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै मत्स्य व्यवसायी संघका अध्यक्ष खगेन्द्र सुवेदीले चितवन मत्स्य ब्यवसायी संघले थालेको अवैज्ञानिक र अस्वस्थ्य विदेशी माछा नियन्त्रण तथा अनुगमन सम्बन्धमा ऐतिहासिक सहयोग एवम् आन्दोलनमा एक्येबद्दताको लागि सिडिओ तामाङलाई धन्यावद दिनुभयो । सुवेदीले सिडिओ तामाङलाई सफल कार्यकालको शुभकामना समेत दिनुभयो । माछा व्यवसायीसँग विगतमा भएका सबै तिक्तता विर्सन आग्रह गर्दै ऐन कानुन निर्माणमा र त्यसको कार्यान्वयनमा सदैव सकारात्मक रहेको बताउनुभएको थियो । कार्यक्रममा केन्द्रीय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.