रेडियो अर्पण

797 Posts
एकसय ६७ मतसहित सभामुखमा एमालेका घिमिरे निर्वाचित

एकसय ६७ मतसहित सभामुखमा एमालेका घिमिरे निर्वाचित

प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । आज बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो । मत विभाजनमा घिमिरेको पक्षमा एक सय ६७ मत र विपक्षमा एक सय मत खसेको छ । यस्तै एक सांसद तटस्ठ रहेका थिए । दुई सय ७५ सदस्यीय सभामा आज दुई सय ६८ जना सांसद उपस्थित रहेका थिए । बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले घिमिरेलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभएको हो । सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो । यस्तै उहाँको समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र…
Read More
जिउँदो शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काम गर्न रोक

जिउँदो शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काम गर्न रोक

विराटनगरको कोसी अस्पतालमा उपचारार्थ भर्ना गरिएकी १८ दिने शिशुलाई मृत घोषित गर्ने चिकित्सकसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाइएको छ । हाइपोथर्मिया भएकी शिशुलाई मृत घोषित गरी घर पठाउने अस्पतालका मेडिकल अफिसर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काममा रोक लगाइएको हो । चिकित्सक यादवसहित अहेब लक्ष्मण माझी र टीका अधिकारीलाई काममा रोक लगाइएको अस्पतालले जनाएको छ । उक्त घटनाको छानबिन गर्न आज बिहीबार अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वमा तीन सदस्य समिति समेत गठन गरिएको छ । अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले तीनैजनालाई स्पष्टीकरण पनि सोधिएको बताउनुभएको छ । बुधवार बिहान ८ देखि दिउँसो २ बजेसम्म डा. यादव र अहेबहरू…
Read More
काठमाण्डौमा तीन जनाको साथबाट सातसय ३१ थान पासपोर्ट बरामद

काठमाण्डौमा तीन जनाको साथबाट सातसय ३१ थान पासपोर्ट बरामद

काठमाण्डौ महानगरपालिकाको वडा नम्बर २६ गोङ्गबुमा रहेको दुई वटा होटलमा बसेका तीन जनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी (पासपोर्ट) बरामद गरेको छ । गोङ्गबुको वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भइ टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले गए राति पक्राउ गरेको हो । होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोङ्गबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो । टोलीले होटेल सोनाबाट शङ्कास्पदरूपमा रहेको सात सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी सात सय ३१ थान राहदानी…
Read More
प्रदेशभित्र २६ पकेट क्षेत्र घोषणा गरेर काम गर्छौंः मुख्यमन्त्री जम्मकट्टेल

प्रदेशभित्र २६ पकेट क्षेत्र घोषणा गरेर काम गर्छौंः मुख्यमन्त्री जम्मकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले १३ जिल्लामा २६ पकेटका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ । उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश र उद्योग वाणिज्य सङ्घ खैरहनीको संयुक्त आयोजनामा बुधबारदेखि खैरहनीमा सुरु भएको बागमती प्रादेशिक एवं दोस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशलाई आत्मनिर्भर बनाउन पकेट कार्यक्रम सञ्चालनको तयारी गरिएको बताउनुभयो । एक पालिका, एक क्षेत्रको पकेट बनाउने गरी योजना ल्याउन लागेको उहाँको भनाई छ । कृषि क्षेत्रले आफ्नो स्थान बनाएर आर्थिक गतिविधिलाई अघि बढाउने गरी कार्यक्रमको तयारी गरिएको मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो । चितवनसहितका छ जिल्लामा बीउ उत्पादनका लागि कार्यक्रम ल्याइने उहाँको भनाइ थियो । अहिलेको व्यापार…
Read More
सिभिल मलमा एक युवकले आफ्नै जिउमा लगाए आगो, ट्रमा सेन्टरमा उपचार हुँदै

सिभिल मलमा एक युवकले आफ्नै जिउमा लगाए आगो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । सिभिल महलको भुँइतलामा आज बिहिवार दिउँसो ११ः ४० मा ३० वर्षिय विशाल लामिछाने गुरुङले आफ्नै जिउमा आगो लगाएको प्रहरीले जनाएको छ । उनको तत्काल उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको बताइएको छ । घटनाको कारण भने खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Read More
मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईदै, प्रदेश सरकारले दियो सार्वजनिक बिदा

मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईदै, प्रदेश सरकारले दियो सार्वजनिक बिदा

मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईंदैछ । २०६३ सालमा भएको मधेस आन्दोलनको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ । आन्दोलनका क्रममा सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको गोली लागेर ज्यान गएको थियो । त्यसपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो ।यो दिनलाई स्मरण गर्दै मधेस प्रदेश सरकारले कार्यक्रम गर्दै आएको छ । प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
Read More
धवलागिरिमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि भेटियो

धवलागिरिमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि भेटियो

पर्वतीय पदयात्राका क्रममा धवलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ । ‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धवलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र सोलुखुम्बुका २७ वर्षीय बालकुमार कार्कीको शव फेला परेको हो । पर्वतीय पर्यटन व्यवसायीको साझा संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा फोर सिजन माउण्टेन ट्रेक्सले गत असोज २१ गते धवलागिरि हिमालको खरपासमा खसेर बेपत्ता भएकामध्ये कार्कीको शव बुधबार काठमाडौँ ल्याइएको हो । मृतक लामाको शव भने फेला परे पनि ल्याउन समस्या भएको फोर सिजन माउण्टेन ट्रेक्सका सञ्चालक बसन्त लिम्बूले बताउनुभएको छ । हिमपात भएको बेला…
Read More
निर्वाचन आयोगद्धारा मतदाता नामावली संकलन र अद्यावधिक सुरु

निर्वाचन आयोगद्धारा मतदाता नामावली संकलन र अद्यावधिक सुरु

निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ । गत मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तय भएपछि गत साउन १९ गते स्थगन भएको मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक प्रक्रिया यही माघ २ गतेबाट सुरु भएको आयोगले जनाएको छ । आयोगले तोकिए बमोजिमको प्रमाण लिई मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको फोटोसहितको मतदाता नामावलीको विवरण मतदाता नामावली ऐन, २०७३ बमोजिम सङ्कलन गर्दै आएको छ । कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नामलगायतका विवरणमा…
Read More
राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही ’ज्ञानेन्द्र’लाई प्रमुख सचेतक बनाएको छ । पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनित गर्नु भएको हो । शाही जुम्लाबाट निर्वाचित सांसद हुनुहन्छ । उहाँले माओवादीकी गोमा गौतम कुँवरलाई १० हजारभन्दा बढी मतले हराउनु भएको थियो ।
Read More
प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० मा लुम्बिनीलाई पराजित गर्दै मधेश प्रदेश सेमिफाइनलमा

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० मा लुम्बिनीलाई पराजित गर्दै मधेश प्रदेश सेमिफाइनलमा

सुनसीको इटहरीमा जारी रहेको प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । आज बुधवार भएको पहिलो खेलमा मधेशले लुम्बिनीलाइ १६ रनले हराउदै सेमिफाइनलमा स्थान बनाएको हो । समूह ए बाट सुदूरपश्चिम र सशस्त्र प्रहरीको एपीएफ क्रमसः विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुग्दा समूह बीबाट प्रदेश १ विजेता र मधेश प्रदेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । दुबै सेमिफाइनल खेल शुक्रबार हुनेछ । इटहरीको जनता क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ रोजेको मधेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर एकसय सात रनको योगफल खडा गरेको थियो । उसका लागि साना प्रभिनले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.