रेडियो अर्पण

797 Posts

दुई हजार नाघे चितवनमा डेङ्गु सङ्क्रमित

कात्तिक ११- चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ…
Read More

नारायणगढ-मुग्लिन सडकः१२ पुल यसै आर्थिक वर्षभित्र चालु

भरतपुर,असोज २५ – चालु आर्थिक वर्षभित्र नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुलमध्ये १२ वटाको निर्माण सकिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको काम धमाधम भइरहेको छ । आयोजनका प्रमुख किरण कार्कीले निर्माण भइरहेका १५ वटा पुलमध्ये १२ पुल यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताउनुभयो । उन्नाइस पुलमध्ये चार पुल यसअघि नै निर्माण सम्पन्न भइसकेका उहाँले जानकारी दिनुभयो । पछिल्लोपटक १५ पुल निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरेर काम सुरु गरिएको हो । तीमध्ये पहिलो प्याकेजको ४५ र दोस्रो प्याकेजको ८२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । समग्रमा १५ पुल…
Read More

५५ अर्ब नयाँ नोट,साटियो मात्र दशैँमा

       असोज १५- अनुप पौडेल                                        यसपालिको दसैँमा नेपाल राष्ट्र बैंकले ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको छ । दसैँ बिदा हुनुअघि सम्ममा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । उनका अनुसार नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नै नयाँ नोट साट्न थालेको हो । जसमध्यसबै क्षेत्रबाट गरेर १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना र ३९ अर्ब रुपैयाँ बराबरका पाँच सय र हजार दरका…
Read More

सादा पोसाकमा दशैं विशेष ट्राफिक प्रहरीको चेकिङ : बढी भाडा लिने ४२ जना पक्राउ

काठमाडाैं | असोज १३, २०७९,अनुप पौडेल, चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने  ४२ जनालाई काठमाण्डौ उपत्यकाबाट बुधवार ट्राफिक प्रहरीले प्रहरीले पक्राउ गरेको छ । कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँबसपार्कबाट ८ जना,माछापोखरीबाट ६ जना र कलंकीबाट ८ जना गरी ४२ जना आज पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट बुधवार खटिएको प्रहरी टोलीले दिनभरी अनुगमन गर्दा चाडपर्वको समयमा यात्रुहरुलाई तोकिएको भन्दा बढी भाडा लिने, अनाबश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधीमा संलग्न रहेका उनीहरूलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वर,…
Read More

कति पर्छ त किलोको,पोखरा बाट ल्याएको भेडा च्याङ्‍ग्राको ?

  असोज ११, २०७९-अनुप पौडेल,  १० वर्षअघि देखि बझाङका बमबहादुर बोहराको दसैं दैनिकी भेडा च्याङ्‍ग्रामै बित्छ । उनको अनुभवमा जति भेडा च्याङ्‍ग्रा ल्याए पनि पोखराबाट निरास भएर फर्कनुपर्ने अवस्था छैन । ‘पोखरामा भेडा च्याङ्‍ग्रा झार्ने वित्तिकै गोठ रित्तिन्छ । कहिलेकाहीँ अलि दिन कुर्नुपर्छ,’ उनले भने, ‘अरु ठाउँमा खासै विक्रि हुँदैन । महंगो पर्ने भएकोले पोखरा नै उपयुक्त बजार हो ।’      दसैंले छपक्कै छोपिसकेको छ । अहिले पोखराको याम्दी क्षेत्रमा भेडा च्याङ्‍ग्रा​को हुलमुल भेटिन्छन् । पोखरामा च्याङ्‍ग्रा संस्कृति धेरै पुरानो हो । यो वर्ष उपल्लो नाका नखुलेका कारण तिब्बती भेडा च्याङ्‍ग्रा ल्याइएको छैन । नेपालका विभिन्न जिल्लाबाट आएको भेडा…
Read More

आज देखि ठूलो पर्व बडादशैँ सुरु, आज पहिलो दिन घटस्थापना

अनुप पौडेल,चितवन,१० आश्विन  विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी…
Read More

आज यमोसा पर्व मनाउँदै थारू समुदाय

चितवन, असोज ९–अनुप पौडेल चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ । यमोसा पर्व दुई दिनसम्म मनाइने  चितवन रत्ननगर -०३, निवासी  अमित चौधरीले जानकारी द्एि । सोह्रश्राद्ध सकिने औँसीको दिनमा थारू समुदायले यमोसा मनाउने उनले बताए । यमोसा पर्वको अघिल्लो दिन पर्वका लागि तयारी गरिन्छ । थारू समुदायका मानिस अघिल्लो दिनलाई मछुवारी भन्छन् । यस दिन व्यक्तिगत वा सामूहिकरूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको …
Read More

केपी ओलीले भने,एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्छ;

  काठमाडौं,असोज ७-अनुप पौडेल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन्। एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको उनको भनाइ थियो। अध्यक्ष ओलीले सत्तारुढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेले त्रिशुलीको भेलले बगाए जसरी बगाउने निश्चित भएपछि उनीहरूले गठबन्धनको त्यान्द्रो समाउनु परेको जिकिरसमेत गरे। राष्ट्रिय युवा संघ नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि एमालेलाई कमजोर बनाउन नसकेको दाबी पनि उनले गरे। उनले भने, ‘अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि एमालेलाई कमजोर पार्न सकेका छैनन्। अहिले…
Read More

विज्ञापनसहित सशस्त्र प्रहरीले माग्यो १५२ इन्सपेक्टर र असई

काठमाडौं, असोज ७–अनुप पौडेल सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो । ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।
Read More

चितवनमा ट्याङकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

     चितवन-बिहिबार,  अनुप पौडेल  चितवनको टिकौलीमा ट्याङकरले स्कूटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौँ जान लागेको ना७ख ३७२३ नम्बरको ट्याङ्करले भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा८३प ५५३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर-९, गोन्द्राङ निवासी ६१ वर्षीय प्राण जवरा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते जवराको चितवन मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचारका क्रममा १९ः०७ बजे मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । डिएसपी पण्डितका अनुसार दुवै सवारी साधन प्रहरी चौकी गोन्द्राङको नियन्त्रणमा रहेको र ट्याङ्कर चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं-११ नवलपुर निवासी ३८…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.