रेडियो अर्पण

797 Posts
फिलिपिन्समा आगलागी  हुँदा सातजनाको ज्यान गयो, ६० परिवार घरबारविहीन

फिलिपिन्समा आगलागी हुँदा सातजनाको ज्यान गयो, ६० परिवार घरबारविहीन

फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा हिजो शनिबार राति आगलागी हुँदा दुई वर्षीया बालिका र १२ वर्षीय बालकसहित सातजनाको मृत्यु भएको छ । राति १० बजेअघि लागेको आगो तायटे सहरमा तीव्र गतिमा फैलिएको थियो । आगलागीले छरछिमेकमा ४० भन्दाबढी घरहरू आगोको चपेटामा परेका थिए । अग्निपीडितहरू घरमा फसेका थिए र भने केही शवहरू भान्साको भुइँमा र बाथरूम भित्र फेला परेको प्रहरीले जनाएको छ । उक्त आगलागीका कारण ६० भन्दाबढी परिवार घरबारविहीन भएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको दमकल विभागले जनाएको छ ।
Read More
रास्वपाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुईकरोड रुपैयाँ घुस मागेको अडियो बाहिरियो,पार्टीले छानबिन गर्ने

रास्वपाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुईकरोड रुपैयाँ घुस मागेको अडियो बाहिरियो,पार्टीले छानबिन गर्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न भन्दै दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो । कुराकानीमा सांसद श्रेष्ठले भन्नुभएको छ, ‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि, साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला ।’ सांसद श्रेष्ठले मन्त्री बनेबापत पार्टीले पैसा मागेको उल्लेख गरे पनि कसले मागेको भनेर खुलाउनुभएको छैन । व्यवसायी प्रसाईंले यो पैसा पार्टी सभापति रवि लामिछानेलाई जान्छ कि जाँदैन भनेर सोध्दा सांसद ढाकाकुमार…
Read More
चितवन क्षेत्र नम्बर २ का २९  निर्वाचन स्थल अति संवेदनशिल

चितवन क्षेत्र नम्बर २ का २९ निर्वाचन स्थल अति संवेदनशिल

अब आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उहाँको भनाइ छ । “सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशिल छन्”, उहाँले भन्नुभयो–“राजनीतिक दल, नागरिक समाज तथा जनताको समेत चासो बढ्ने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारीमा प्रशासन छ ।” निर्वाचनमा नेपाली सेना परिचालनका लागि सरकारले निर्णय गर्ने…
Read More
राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गर्नुभएको छ । नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आज आइतबार प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो । खोटाङका पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुनुहुन्छ । राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसक्नुभएको छ । राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर, परराष्ट्र सल्लाहकारमा डा सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी पौडेल, निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गर्नुभएको छ ।
Read More
कोरोना संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ । शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ । हिजो मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए । हाल कुल सक्रिय सक्रमितको संख्या तीनसय ५६ जना पुगेका छन् । काठमाडौँ उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन् । अहिले…
Read More
एकै घरका दिदीबहिनीकोे हत्या आरोपमा रूकुमपुर्वमा सात जना पक्राउ

एकै घरका दिदीबहिनीकोे हत्या आरोपमा रूकुमपुर्वमा सात जना पक्राउ

रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो । एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशंकामा प्रहरीले शंकास्पद सात जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।
Read More
अन्नपूर्णबाट फर्कँदै गरेको हेलिकोप्टर दुर्घटना, क्याप्टेन अधिकारी घाइते

अन्नपूर्णबाट फर्कँदै गरेको हेलिकोप्टर दुर्घटना, क्याप्टेन अधिकारी घाइते

अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिएभरेष्टको ९एन–ए एनबी कलसाइनको हेलिकोप्टर दुर्घटनामा परेको छ । बेस क्याम्पबाट पोखरा फर्कने क्रममा अन्नपूर्ण बेस क्याम्पको पछिल्लो ढिस्कोमा ठोकिएर दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते हुनुभएको छ । उहाँको उद्दारका लागि अर्काे हेलिकोप्टर पठाइएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । उक्त हेलिकोप्टर पोखराबाट अन्नपूर्ण बेस क्याम्पको लागि समान लिएर गएको थियो । सामान अनलोड गरेर फर्कनेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो । हेलीकोप्टरमा क्याप्टेनबाहेक अन्य कुनै पनि यात्रु नभएका कारण मानवीय क्षति नभएको बताइएको छ ।
Read More
विदेशमा ज्यान गुमाएका नेपालीको बीमा रकममा पनि ठगी, छ जना पक्राउ

विदेशमा ज्यान गुमाएका नेपालीको बीमा रकममा पनि ठगी, छ जना पक्राउ

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएका तथा बिदामा आउँदा ज्यान गुमाएका नेपालीहरूले प्राप्त गर्ने बीमा रकममा ठगी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुलाई आज शुक्रवार नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै विविध कारणले ज्यान गुमाएका तथा बिदामा नेपाल आउँदा ज्यान गुमाएका भएका नेपालीहरूले बीमाबापत पाउने रकम मृतकका आफन्तहरूलाई केहीमात्रै दिई अन्य रकम आफूले नै ठग्ने गिरोहका छ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ का ४१ वर्षीय रामबहादुर तामाङ सहित सर्लाहीको लालबन्दी नगरपालिका–८ का ३४…
Read More
आफ्नो परीक्षा दिन नक्कली परीक्षार्थी पठाएको आरोपमा रौतहटका मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी

आफ्नो परीक्षा दिन नक्कली परीक्षार्थी पठाएको आरोपमा रौतहटका मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षार्थी रहनुभएका मेयर साहको सट्टामा नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको पाइएपछि जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिनुभयो । यसअघि गत आइतवार उहाँको सट्टा एसईई दिँदै गरेको आरोपमा प्रहरीले गरुडा नगरपालिका वडा नम्बर ६ पोठियाहीका कमल साहलाई पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएकोले उहाँमाथि पनि छानबिन गर्न पक्राउ पुर्जी जारी गराइएको प्रहरी निरीक्षक कुँवरको भनाई छ ।
Read More
उपचुनाव हुने तीन जिल्लामा आजदेखि आचारसंहिता लागू

उपचुनाव हुने तीन जिल्लामा आजदेखि आचारसंहिता लागू

अब आउँदो वैशाख १० गते उपचुनावका लागि चितवन, बारा र तनहुँमा आजदेखि आचारसंहिता लागू भएको छ । सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उनीहरुका भ्रातृ सङ्गठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मी, शिक्षक लगायतलाई आचारसंहिता लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्न÷गराउन पनि निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको हिजोको बैठकले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न÷गराउन गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय एवं सम्बन्धित जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । बैठकले बारा क्षेत्र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.