राजनिती

पहुँचको आधारमा बजेट विनियोजन गर्ने पद्दति रोकिन पर्छ : उप मेयर पाठक

पहुँचको आधारमा बजेट विनियोजन गर्ने पद्दति रोकिन पर्छ : उप मेयर पाठक

रत्ननगर नगरपालिकाका उप प्रमुख यादवप्रसाद पाठकले व्यवस्था परिवर्तन भए पनि विधि परिवर्तन हुन नसकेको बताएका छन्। नगरपालिकामा भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले ऐन, कानुनको सन्दर्भमा हालै आएको भूउपयोग नीति २०७९ व्यावहारिक नभएको र यो कुनै हालतमा लागू हुन नसक्ने जिकिर गरे । उनले प्रधानमन्त्री कृषि परियोजना एकद्वार नीतिमार्फत ल्याउनुपर्नेमा जोड दिए । उनले पहुँचको आधारमा बजेट विनियोजन गर्ने पद्दति खारेज हुनुपर्ने बताए । पाठकले पहुचका आधारमा बजेट हाल्ने अनि योजना अलपत्र छाड्ने त्यसको अनुगमन गर्ने निकाय पनि नहुने हुदाँ जनताले सास्थि पाएको भन्दै स्थानीय सरकारले अनुगमन गर्न सक्ने कानुन बनाउन समेत आग्रह गरेका थिए । संघीयता कार्यान्वयनमा आइसकेपछि पनि…
Read More
रेडियो अर्पणको आयोजनामा रक्तदान कार्यक्रम हुने

रेडियो अर्पणको आयोजनामा रक्तदान कार्यक्रम हुने

रत्ननगर ०६ साउन । रत्ननगर नगरपालिका वडा नं १ बकुलहरमा रहेको रेडियो अर्पण १०४ दशमलब ५ मेगाहर्ज र अर्पण बचत तथा ऋण सहकारी संस्थाले सयुक्त रुपमा भोली शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक ध्रुवराज लामिछानले जानकारी दिए । रेडियो अर्पण र अर्पण साकोसको बकुलहर स्थित मुख्य कार्यालय परिसरमा विहान ८ बजेबाट रक्तदान कार्यक्रम सुरु हुने रेडियोका सचिव सुरज पौडेलल जानकारी दिए ।
Read More
अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा

अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन।
Read More
माओवादी केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

माओवादी केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, पुस २३ । नेकपा माओवादी केन्द्रले पुस २५ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ । माओवादी केन्द्रका केही नेताहरुमा कोभिड संक्रमण देखिएकाले बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए । ‘केही नेताहरुमा कोभिड संक्रमण देखियो, कार्यालयका कर्मचारीहरुमा पनि कोभिड देखियो, यी दुवै कारणले गर्दा २५ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ’, सचिव ढकालले भने, ‘अरु कारण केही छैन ।’ माओवादीको पुस १८ गते सकिएको राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । सोही कमिटीले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध निर्वाचित गरेपनि अन्य पदाधिकारी चयन…
Read More
राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारकाे नाम आज सार्वजनिक हुने

राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारकाे नाम आज सार्वजनिक हुने

काठमाडौं, पुस २३ । राष्ट्रिय सभा निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज (शुक्रबार) सार्वजनिक हुँदैछ । निर्वाचन आयोगले दिउँसो ३ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्ने बताएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको जानकारी दिए। राष्ट्रिय सभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ । निर्वाचनमा १९ रिक्त पदका लागि विभिन्न राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पौडेलका अनुसार भोलिसम्म उम्मेदवारले नाम फिर्ता गर्न पाउनेछन् । आयोगले पुस २५ गते अन्तिम नामावली प्रकाशन गर्नेछ ।
Read More
एकसठ्ठी जिल्लामा एमालेको अधिवेशन हुँदै , प्रतिकूल मौसमका कारण १६ जिल्लामा स्थगन

एकसठ्ठी जिल्लामा एमालेको अधिवेशन हुँदै , प्रतिकूल मौसमका कारण १६ जिल्लामा स्थगन

काठमाडौँ, पुस २३ । प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६० भन्दा बढी जिल्लामा आज एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला अधिवेशन हुँदैछ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक अधिकांश जिल्ला कमिटीका अधिवेशन हुन लागेको हो । महाधिवेशनपूर्व एमालेले पालिकास्तरको अधिवेशन एकै दिन गरेको थियो । सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट भूगोल र विशेष क्षेत्रका जिल्लाको अधिवेशनको उद्घाटन अहिले केहीबेरपछि थापाथालीस्थित केन्द्रीय कार्यालयको ‘एक्सन रूम’बाट एकैसाथ ‘भर्चुअल’रुपमा गर्ने तय भएको छ । सो पार्टीको काठमाडौँ जिल्ला कमिटीले अध्यक्ष ओलीका उपस्थितिमा मूलपानीस्थित क्रिकेट खेल मैदानमा अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ भने…
Read More
कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन आह्वान

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन आह्वान

सुर्खेत, पुस २३ । कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा बैठक पुस २८ गते बुधबार दिउँसो ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यसअघि गत मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो।
Read More
एमालेले आज देशभर जिल्ला अधिवेशन गर्दै, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

एमालेले आज देशभर जिल्ला अधिवेशन गर्दै, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौँ, पुस २३ । नेकपा (एमाले) ले आज देशभर जिल्ला अधिवेशन गर्दैछ । एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ उद्घाटन हुन लागेको हो । प्रतिकूल मौसमका कारण केही हिमाली जिल्ला र तयारी नपुगेका बाहेकका जिल्लामा अधिवेशनको अर्को मिति तय हुनेछ । जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ । जिल्ला तथा प्रदेश अधिवेशनका…
Read More
राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी

राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी

काठमाडौं, पुस २० । राष्ट्रियसभाको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज दलहरुले उम्मेदवारी दर्ता गरेका छन् । १९ सिटका लागि मंगलबार विभिन्न पार्टीका ४३ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले बताएको छ । माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम अनुसार आज सबै निर्वाचन अधिकृतहरुको कार्यालयमा उत्साहजनक रुपमा उम्मेदवारको मनोनयपत्र दर्ता भएको छ । प्राप्त विवरण अनुसार देहाय बमोजिम ४३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । भोलि २१ उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने,…
Read More
बागमतीमा राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारको मनोनयन दर्ता

बागमतीमा राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारको मनोनयन दर्ता

हेटौँडा, पुस २० । माघ १२ गते राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका लागि रिक्त रहेको बागमती प्रदेश तर्फको दुई सिटको निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएकाछन् । आज हेटौँडा–५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा सत्तागठबन्धनको तर्फबाट नेपाली कांग्रेस र नेकपा (समाजवादी) का एक÷एक जनाले उम्मेदवारी दर्ता गराएकाहुन् । निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलामा नेकपा समाजवादीबाट गोमा तिमल्सिनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी (नेकपा एमाले) को तर्फबाट गोपाल शाक्य र निरकुमारी कुँवर (निरु दर्लामी) लाई राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता भएको छ । उक्त मनोनयनदर्तापछि अब राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.